Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् । उनले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरिन् । नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री रावलले दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् । भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन् । सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारिन् । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनले बताइन् । उनले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखिन् । छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित
Latest NewsJust now

नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभाले चार जना कार्यकारिणी सदस्यसमेत निर्विरोध चयन गरेको छ । सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा ...

केन्द्रबिन्दु
मलेसियामा महिलाको औसत मासिक आम्दानी ३ हजार ६३५ रिङ्गिट पुग्यो
Latest NewsJust now

मलेसियामा महिलाको औसत मासिक आम्दानी ३ हजार ६३५ रिङ्गिट पुग्यो

• मलेसियामा महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधारले लैङ्गिक असमानता घटाएको छ, २०२५ मा समग्र लैङ्गिक समानता सूचकाङ्क ०.७११ पुगेको छ। • महिलाको श्रम सहभागिता दर ५६.६ प्रतिशतमा पुगेको छ र औसत मासिक आम्दानी ३,६३५ मलेसियाली रिङ्गिटमा वृद्धि भएको छ। • व्यवस्थापकीय र नेतृत्वदायी पदमा महिलाको उपस्थिति पनि बढेको छ, २०२५ मा २ लाख ४१ हजार महिलाले यस्ता पदमा ...

नेपालबहस
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने
Latest NewsJust now

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठकका निर्णय मङ्सिर १२ गते शनिबार दिउँसो २... ...

रातोपाटी
अष्ट्रेलियामा गर्मीयाममा डढेलोको जोखिम बढ्ने चेतावनी, ६ राज्य तथा क्षेत्रमा खतरा
Latest NewsJust now

अष्ट्रेलियामा गर्मीयाममा डढेलोको जोखिम बढ्ने चेतावनी, ६ राज्य तथा क्षेत्रमा खतरा

• अष्ट्रेलियाका अधिकांश राज्यहरूमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने चेतावनी दिइएको छ। • माटोमा कम चिस्यान, सुक्खा दाउरा र सुक्खा मौसमले डढेलोको जोखिम बढाउने मुख्य कारणहरू हुन्। • मौसम विज्ञान विभागले गर्मीयाममा औसतभन्दा बढी तापक्रम रहने सम्भावना औंल्याएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement