Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको निर्णायक चरणका लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीलाई टोलीमा भित्र्याएको छ । सुदूरपश्चिमले प्रतियोगिताको बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । ३३ वर्षीय मुन्सी बायाँहाते ओपनिङ ब्याटर हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले पावरप्लेमा तीव्र गतिमा रन बनाउन सक्छन् । उनले स्कटल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ७९ खेलमा २ हजार ७७७ रन र टी–२० अन्तर्राष्ट्रियमा ८८ खेलमा २ हजार ५९८ रन बनाएका छन्। दुवै प्रारूपमा उनले तीन–तीन शतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर १३२ रन हो । मुन्सीले सन् २०२५ को एनपीएलमा विराटनगर किङ्सबाट खेलेका थिए । सुदूरपश्चिमले मंगलबार हुने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । The post स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?
Latest NewsJust now

छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?

काठमाडौँ । यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा मधेस झरे । यस पर्व मनाउनका लागि रवि... ...

रातोपाटी
आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल
Latest NewsJust now

आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय संकटबीच विश्व सहकार्य आवश्यक रहेको बताएका छन् । ...

कान्तिपुर
प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास
Latest NewsJust now

प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास

काठमाडाैँ। ६९औँ ग्रामी अवार्ड्सको मनोनयन सूची सोमबार सार्वजनिक गरिएको छ। यस वर्षको मनोनयनमा नयाँ पुस्ताका महिला संगीतकर्मीहरूको बलियो वर्चस्व देखिएको छ । पल म्याकार्टनी, मडोना, द रोलिङ स्टोन्स र दिवंगत डली... ...

रातोपाटी
मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ
Latest NewsJust now

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

काठमाडौं । अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् । यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play