Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटलको ताहाचलस्थित दी सोल्टी काठमाडौँमा सम्पन्न सञ्चालक समितिको २६६औँ बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुसार कम्पनीले हाल कायम १ अर्ब १७ करोड ५१ लाख ५२ हजार ५४० रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत बराबरको बोनस सेयर र कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ । हाल कम्पनीको प्रतिसेयर १० रुपैयाँ अंकित दरका कुल ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता साधारण सेयर सूचीकृत रहेका छन् । सञ्चालक समितिले सिफारिस गरेको उक्त लाभांश पारित गर्न कम्पनीले आगामी ५२औँ वार्षिक साधारण सभा पुस २१ गते मंगलबार आह्वान गरेको छ । उक्त सभा सुन्धारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १०:०० बजेदेखि सुरु हुने तय भएको छ । यसैबीच, वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म (२१ दिन) सेयर दाखिला खारेज किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा पुस १ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् । The post सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस
Latest NewsJust now

बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, संघर्ष, बलिदान र जनताको भरोसासँग जोडिएको ऐतिहासिक संस्था हो । यसको स्थापना कुनै व्यक्ति वा समूहको राजनीतिक महत्त्वाकांक्षा... ...

रातोपाटी
‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक
Latest NewsJust now

‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक

एमाले नेता स्वर्गीय देवी पोख्रेलको जीवनी र राजनीतिक तथा सामाजिक योगदानलाई समेटेर प्रकाशन गरिएको पुस्तक गरिएको छ । उनी एमाले महासचिव शंकर पोख्रेलका दाजु हुन् । ...

कान्तिपुर
जब गुञ्जियो राल्फाका गीतहरू
Latest NewsJust now

जब गुञ्जियो राल्फाका गीतहरू

सम्झना आइरहन्छ... गइरहन्छ...। जीवन हो, जीवन चलुञ्जेल जीवनका दिन–पलसँगै सम्झना जोडिएको छ । बेला–कुबेला, जतिसुकै बेला सम्झना आइरहन्छ । र, आएपछि बसिरहँदैन फेरि गइहाल्छ । सम्झनाको कुनै... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement