Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते
Photo / Coverage: पर्दाफास

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी लितिपुरको मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । पटेलसँग भारतीय राहदानी रहेको र उनी न्युजिल्यान्डका नागरिक भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न हेलिकप्टरका पाइलटहरू भने सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
OthersJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । ...

अनलाइन खबर
युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता
OthersJust now

युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता

१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ । दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ । आक्रमणमा… ...

अनलाइन खबर
सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने
OthersJust now

सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ । बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ । बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत […] ...

लोकपथ
हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ
OthersJust now

हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ

बाढीपहिरोको क्षति सम्बोधन गर्न नेपालले २ करोड अमेरिकी डलर सहायता पाउने निर्णय अन्तर्राष्ट्रिय जलवायु कूटनीतिमा एउटा ऐतिहासिक नजिर त हो; तर ११ खर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको नेपालका लागि यो रकम हात्तीको मुखमा जिरा जस्तै छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play