Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च
Photo / Coverage: टेक्नोलोजी खबर

‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) ले गेमिङ क्षेत्रमा ठूलो प्रभाव पार्दै धेरै कीर्तिमानहरू कायम गरेको छ। यो सोनीको ‘प्लेस्टेसन’ का लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ‘लन्च’ बनेको छ। सार्वजनिक भएको पहिलो दिनमै, जीटीए ६ ले ३.७९ अर्ब डलरको बिक्री हासिल गर्‍यो, जुन मनोरञ्जन उद्योगका लागि एउटा नयाँ कीर्तिमान हो र यसले चलचित्रहरूको ‘बक्स अफिस’ कमाइलाई समेत उछिनेको छ। रकस्टार गेम्सको यो एक्सन गेमले प्लेस्टेसनमा ‘प्रि-अर्डर’ को पनि कीर्तिमान कायम गर्यो। सोनीका अनुसार, नोभेम्बर १९ देखि नोभेम्बर २२ को बीचमा, प्लेस्टेसनमा ३ करोड ९० लाखभन्दा बढी खेलाडीहरूले जीटीए ६ खेलेका थिए, जसले कुल करिब ६८ करोड ३० लाख घण्टाको ‘गेमप्ले’ रेकर्ड गर्यो। औसतमा, प्रत्येक खेलाडीले यो खेल खेल्न १७.४ घण्टा बिताए। जीटीए ६ को आगमनले पिएस ५ को बिक्रीमा पनि वृद्धि ल्याएको छ; नयाँ बिक्री भएका पिएस ५ कन्सोलहरूमध्ये करिब ७० प्रतिशतमा यो नै पहिलो खेल थियो जुन प्रयोगकर्ताहरूले खेले। सोनीले आफ्ना पिएस ५ प्रयोगकर्ताहरूलाई धन्यवाद दिएको छ र यो ‘एक्सन-एडभेन्चर’ गेमको सफल सुरुवातका लागि रकस्टार गेम्सलाई बधाई ज्ञापन गरेको छ। रकस्टार गेम्सको मातृ कम्पनी ‘टेक-टु’ ले जनाए अनुसार, यो खेलले कीर्तिमानी संख्यामा प्रि-अर्डरहरू प्राप्त गर्‍यो। आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै करिब ३ करोड २५ लाख प्रतिहरू बिक्री भइसकेका थिए, जो मनोरञ्जन उद्योगकै लागि एक कीर्तिमान हो। रकस्टार गेम्सका संस्थापक साम हाउजरले भने, “जीटीए ६ सँगै, रकस्टार गेम्स एउटा नयाँ अध्यायमा प्रवेश गरेको छ। विश्वभरका खेलाडीहरूबाट हामीले पाएको प्रतिक्रियाले हामी अत्यन्त उत्साहित छौं।” यस खेलको पहिलो दिनको कमाइ ‘अवतार’, ‘स्पाइडर-म्यान’ र ‘एभेन्जर्स: एन्डगेम’ जस्ता ठूला चलचित्रहरूको कुल बक्स अफिस कमाइभन्दा बढी छ। यो खेल नोभेम्बर १९ मा ‘प्लेस्टेसन ५’ र माइक्रोसफ्टको ‘एक्सबक्स’ का लागि सार्वजनिक गरिएको थियो। जीटीए ६ लाई ‘प्लेस्टेसन स्टोर’ र ‘एक्सबक्स स्टोर’ मार्फत डिजिटल रूपमा डाउनलोड गर्न सकिन्छ। सोनी र माइक्रोसफ्टले जानकारी दिए अनुसार, प्लेस्टेसन र एक्सबक्स दुवै स्टोरहरूमा जीटीए ६ ले सबैभन्दा बढी प्रि-अर्डरहरू प्राप्त गरेको छ। The post सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी
TechnologyJust now

नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी

१२ मंसिर, काठमाडौं। नेपालका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई विश्वस्तरको कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षासम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले साइबर सुरक्षा कम्पनी वान कभर प्रा. लि. (One Cover Private Limited) र टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । छ महिना अवधिको ‘आईबीएम एआई डेभलपर प्रोफेसनल सर्टिफिकेट’ (IBM AI Developer Professional […] The post नेपालभर एआई ...

आइसिटी फ्रेम
भारती एयरटेलले भारतका डाटा सेन्टरहरूमा १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने
TechnologyJust now

भारती एयरटेलले भारतका डाटा सेन्टरहरूमा १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने

भारती एयरटेलले भारतको असम राज्यमा तीनओटा डाटा सेन्टर स्थापना गर्न १२ अर्ब भारतीय रुपैयाँ (१३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यीमध्ये दुईओटा डाटा सेन्टरका लागि स्थानीय सरकारसँग नयाँ सम्झौता गरिएको छ। सामाजिक सञ्जालमा जारी गरिएको एक विज्ञप्तिमा, कम्पनीले जोरहाट र सिलचरमा डाटा सेन्टरहरू विकास गर्न असम सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ। यी दुई स्थानका ...

टेक्नोलोजी खबर
प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर
TechnologyJust now

प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर

मेमोरी र अन्य विभिन्न सामग्रीहरूको मूल्य बढेका कारण पछिल्ला केही महिनायता स्मार्टफोन उत्पादन लागत ह्वात्तै बढेको छ। स्मार्टफोन कम्पनीहरूले आगामी वर्षका लागि आफ्नो ‘सिपमेन्ट’ लक्ष्य पनि घटाएका छन्। स्मार्टफोनको बढ्दो लागतले बजारमा यसको मागमा ठूलो असर पार्न सक्छ। एक मिडिया रिपोर्टका अनुसार, अधिकांश प्रमुख स्मार्टफोन निर्माताहरूले आगामी वर्षका लागि आफ्नो सिपमेन्ट लक्ष्य घटाएका छन्क त कसैले सामान्य हेरफेर गरेका छन् भने ...

टेक्नोलोजी खबर
ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी
TechnologyJust now

ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी

पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो प्रणालीमा आक्रमणकारीले प्रवेश गरी केही ग्राहकको विवरण चोरेको स्वीकार गरेको छ। तर कम्पनीले प्रयोगकर्ताका पासवर्ड भल्ट र लगइन विवरण सुरक्षित रहेको जनाएको छ। नोभेम्बर १९ मा कम्पनीले एक कर्मचारीको कर्पोरेट गिटहब खाता ह्याक भएको संकेत पाएपछि घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा आक्रमणकारीले उक्त खातामार्फत कम्पनीको स्रोत कोडमा पहुँच बनाएको र ब्याकइन्ड प्रणालीमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement