Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी
Photo / Coverage: नेपालन्युज

टोकियो। जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च उल्लेख्य रूपमा बढाएर ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरेको छ । जापानी समाचार संस्था क्योदो न्युजका अनुसार आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मको अवधिका लागि सरकारले उक्त रक्षा बजेट प्रस्ताव गर्ने योजना बनाएको हो । रिपोर्टअनुसार जापानले आफ्नो सैन्य क्षमता विस्तारका लागि ठूलो संख्यामा ड्रोन, गोलीगट्ठा तथा क्षेप्यास्त्र खरिदलाई प्राथमिकता दिनेछ । यसका लागि सरकारले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी तीन प्रमुख दस्तावेज संशोधन गर्ने तयारी गरेको छ । सन् २०२२ को अन्त्यमा तयार गरिएका ती दस्तावेजमा आर्थिक वर्ष २०२३ देखि २०२७ सम्म पाँच वर्षका लागि करिब ४३ ट्रिलियन येन रक्षा खर्च गर्ने लक्ष्य निर्धारण गरिएको थियो । प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले यसै वर्षको अन्त्यसम्ममा उक्त दस्तावेज संशोधन गर्ने योजना बनाएको छ । जापानको रक्षा बजेट पछिल्ला वर्षहरूमा लगातार बढ्दै कीर्तिमानी स्तरमा पुगेको छ । यसले देशभित्र सैन्य खर्च विस्तारबारे चिन्ता र विरोधसमेत बढाएको छ । सरकारको सैन्य विस्तार नीति, रक्षा बजेटमा निरन्तर वृद्धि तथा त्यसबाट सर्वसाधारणमाथि पर्ने थप आर्थिक भारको विरोधमा जापानी नागरिकहरूले यस वर्ष विभिन्न स्थानमा पटक–पटक प्रदर्शन गरेका छन् । जापानी सञ्चारमाध्यम ‘टोकियो शिम्बुन’ले रक्षा खर्चमा भइरहेको वृद्धिले जनताको दैनिक जीवन, सामाजिक सेवा तथा कल्याणकारी कार्यक्रमका लागि छुट्याइने बजेटमा दबाब पर्न सक्ने टिप्पणी गरेको छ । जापानको प्रस्तावित नयाँ रक्षा बजेटले आगामी वर्षहरूमा देशको सुरक्षा नीति र सार्वजनिक खर्चको प्राथमिकताबारे बहस थप चर्काउने देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध
Latest NewsJust now

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

एजेन्सी । अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ । अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो । यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ । यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः […] ...

मकालु खबर
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट
Latest NewsJust now

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । ...

कान्तिपुर
पर्वतीय मुलुकका एजेन्डालाई कोपले सम्बोधन गर्नेमा आशावादी छौँ : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

पर्वतीय मुलुकका एजेन्डालाई कोपले सम्बोधन गर्नेमा आशावादी छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी... ...

रातोपाटी
अमेरिकामा हवाई उडान प्रतिबन्ध हट्यो, १३ हजारभन्दा बढी उडान प्रभावित
Latest NewsJust now

अमेरिकामा हवाई उडान प्रतिबन्ध हट्यो, १३ हजारभन्दा बढी उडान प्रभावित

काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण लगाइएको देशव्यापी हवाई उडान प्रतिबन्ध हटाइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार राति प्रतिबन्ध हटाएपछि देशभरका विमानस्थलबाट उडान पुनः सुरु भएका छन् । तर प्रतिबन्ध हटे पनि हवाई सेवा अझै सामान्य हुन सकेको छैन। सञ्चार प्रणालीमा आएको खराबीका कारण १३ हजारभन्दा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play