Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सेवाग्राहीलाई दुःख तथा हैरानी दिने सात जना बिचौलिया पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेवाग्राहीलाई दुःख तथा हैरानी दिने सात जना बिचौलिया पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौँ महानगरपालिका–२९, अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्। त्यसैगरी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पनि पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो
Latest NewsJust now

पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो

सिएनएन । पश्चिम एसियामा सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका हमला र स्ट्रेट... ...

रातोपाटी
१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह
Latest NewsJust now

१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ११ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १. अनुसन्धानमा... ...

रातोपाटी
देउवा पक्षको महाधिवेशनका लागि ५ समिति संयोजक तोकिए
Latest NewsJust now

देउवा पक्षको महाधिवेशनका लागि ५ समिति संयोजक तोकिए

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औं केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँचवटा समिति संयोजक तोकेको छ । महाधिवेशन मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पाँचवटै समितिका संयोजक तोकेका हुन्। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले प्रचारप्रसार, अतिथि सत्कार, स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम र स्वास्थ्य व्यवस्थापनको जिम्मेवारी छुट्टाछुट्टै समितिलाई दिइएको हो । प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता ...

नेपालन्युज
रौतहटमा जलाइँदै गरेको अवस्थामा शव बरामद, श्रीमान्‌सहित चार पक्राउ
Latest NewsJust now

रौतहटमा जलाइँदै गरेको अवस्थामा शव बरामद, श्रीमान्‌सहित चार पक्राउ

हत्या आशंकामा प्रहरीले मृतकका श्रीमान्सहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । बडहर्वा टोलकी कलावती देवीको शव शुक्रबार बागमती नदीको बगरमा जलाइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement