Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, सन्देश प्राप्त भएमा नआत्तिन गृह मन्त्रालयको अनुरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, सन्देश प्राप्त भएमा नआत्तिन गृह मन्त्रालयको अनुरोध
Photo / Coverage: टक्सार

काठमाडाैँ । विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले नेपाल सरकारले मोबाइल फोनमार्फत सूचना प्रवाह गर्ने नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा काठमाडौंका केही क्षेत्रमा आज बेलुकी साढे ५ बजे २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिने जनाइएकाे छ। परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। मन्त्रालयले यस्तो सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न अनुरोध गरेको छ। प्राप्त हुने सन्देशमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) स्पष्ट रूपमा उल्लेख गरिएको हुने उल्लेख गरिएकाे छ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने पनि मन्त्रालयले जनाएको छ। सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्को पूर्वसूचना प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउन सकिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार
Latest NewsJust now

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार

वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय

PMO Nepal नेपाल र भारतले हाल प्रयोगमा रहेको काठमाण्डू-भैरहवा-लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति भएको बताएका छन्।नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनको दुईदिने राजकीय भ्रमणका क्रममा दिल्लीमा दुई देशका नेताहरूबीच उक्त सहमति भएको ...

बीबीसी नेपाली
विपद्को पूर्वसूचनाका लागि ‘सेल ब्रोडकास्ट’ प्रविधि परीक्षण हुँदै
Latest NewsJust now

विपद्को पूर्वसूचनाका लागि ‘सेल ब्रोडकास्ट’ प्रविधि परीक्षण हुँदै

• नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ प्रविधिको परीक्षण गरिँदै, जसले जोखिम क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सक्नेछ। • यो प्रविधिले बाढी, पहिरो, भूकम्प जस्ता विपद्को बेला छिटो र प्रभावकारी रूपमा पूर्वसूचना पुर्याउने अपेक्षा गरिएको छ। • परीक्षण प्रारम्भिक चरणमा रहेको र यसपछि थप व्यापक परीक्षण गरी प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिनेछ। ...

नेपालबहस
भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?
Latest NewsJust now

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल आउने जहाजलाई नेपाली आकाशमा छिर्दा दिइने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement