Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पछि परेको अवस्था उल्टाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । खेलको छैटौँ मिनेटमै पाब्लो दुरानले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको रियलले बराबरीका लागि लगातार आक्रमण गरे पनि पहिलो हाफमा गोल गर्न सकेन । खेलको ३९औँ मिनेटमा रियलले पेनाल्टी पाउने अवसर पाएको थियो । तर, किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी बारमाथिबाट बाहिरिएपछि रियलले बराबरी गर्ने मौका गुमाएको थियो । दोस्रो हाफमा भने रियलले खेलमा पुनरागमन गर्‍यो । खेलको ६६औँ मिनेटमा जुड बेलिङ्घमले किलियन एम्बाप्पेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि जितका लागि दबाब बढाएको रियलले खेलको ८५औँ मिनेटमा निर्णायक गोल गर्‍यो । भिनिसियस जुनियरको प्रहारपछि फर्किएको बललाई कार्लोस एस्पीले जाली चुमाउँदै रियललाई २–१ को अग्रता दिलाए । अन्तिम समयसम्म सेल्टाले बराबरी गोल फर्काउन नसकेपछि रियलले जित सुनिश्चित गर्‍यो । यस जितसँगै रियल मड्रिडले लगातार नवौँ जित निकालेको छ । ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग बराबरीमा पुगेको छ । तर, त्यस्तै सेल्टाको भने १३ खेलमा १३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ । The post सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
Latest NewsJust now

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश... ...

रातोपाटी
एनपिएललाई दर्शकको उत्साहपूर्ण साथ
Latest NewsJust now

एनपिएललाई दर्शकको उत्साहपूर्ण साथ

कीर्तिपुर, मङ्सिर ६ गते । शनिबार साँझ ५:३० बजिसक्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपिएलको फाइनल प्रतिस्पर्धाले माहोल तातिसकेको थियो । दर्शक आफूले समर्थन गरेको समूहको समर्... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

• दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ, ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। • सुर्खेतमा प्रमुख खेलहरू सञ्चालन हुनेछन्, साथै अन्य स्थानहरूमा पनि विभिन्न खेलहरूको आयोजना हुनेछ। • प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार अफिसियल्सको सहभागिता रहने अपेक्षा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play