ढाका । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा बंगलादेश इनिङ्ससहित २१९ रनले पराजित भएको छ । सेन्टुरियनमा सम्पन्न खेलमा ४९४ रनको लक्ष्य पाएको बंगलादेश १८४ रनमै समेटिएपछि दक्षिण अफ्रिका विजयी भएको हो । विशाल लक्ष्य बनाउनेक्रममा दक्षिण अफ्रिकाका मार्क्स एक्ररम्यानले १५० तथा विआन पुल्डरले एक सय रन बनाउनुभएको थियो । त्यस्तै, दुई खेलाडीले अर्धशतकको योगदान गरेका थिए । बंगलादेशको दुवै इनिङ्समा कुनै पनि खेलाडीले अर्धशतकसमेत बनाउन सकेनन् । योसँगै दक्षिण अफ्रिकाले दुई टेष्ट शृंखला २-० ले जितेको छ । यसअघि पहिलो टेष्ट पनि बंगलादेश ९ विकेटले गुमाउन पुगेको थियो । अब, दुई टिमबीच तीन खेलको एकदिवसीय शृंखला हुनेछ । अन्तिममा तीन ट्वान्टी २० शृंखला हुने तालिका छ । एजेन्सी
सेन्टुरियनमा बंगलादेशको लज्जास्पद हार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






