Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सुशासन र समृद्धि प्राप्तिमा छठी माताको कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुशासन र समृद्धि प्राप्तिमा छठी माताको कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताए । उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताएका छन्। राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गरेका छन्। “सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको सम्मान तथा पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गरे । उनले खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताए। नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछ भनी राष्ट्रपति पौडेलले कामना गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट
OthersJust now

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ […] ...

लोकपथ
अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
OthersJust now

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । ...

अनलाइन खबर
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य
OthersJust now

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै… ...

अनलाइन खबर
खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो
OthersJust now

खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play