Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकता हाेः सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकता हाेः सभामुख अर्याल
Photo / Coverage: टक्सार

काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन् । आइतबार काठमाडौँमा भएकाे एक कार्यक्रममा उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका हुन् । सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ छ । उनले राज्यसँग साधन र स्रोत सीमित भएपनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्नसके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताए । सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए । नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले प्रतियोगिताका उत्कृष्ट २५ कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकासमा निरन्तर योगदान पु¥याउन शुभकामना व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कवि तथा गीतकार टीका चाम्लिङको निधन
Latest NewsJust now

कवि तथा गीतकार टीका चाम्लिङको निधन

आफन्त सुरेश राईका अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा ल्याएर दाहसंस्कार गरिने छ । ...

कान्तिपुर
प्रधानमन्त्री बालेनको भारत भ्रमण आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : पूर्वराजदूत शर्मा
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : पूर्वराजदूत शर्मा

काठमाडौँ । भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा भारतको तीव्र आर्थिक वृद्धिबाट नेपालले अधिकतम लाभ लिने गरी छलफल हुने बताए । रातोपाटीसँगको कुराकानीमा... ...

रातोपाटी
प्रेमले बदलिएको राजगद्दी
Latest NewsJust now

प्रेमले बदलिएको राजगद्दी

जनकपुरधाम। राजमुकुटको भार बोकेको राजाको मन पनि प्रेममा परेपछि बदलिन सक्छ। सत्ता, परम्परा र उत्तराधिकारका कठोर नियमबीच एउटा प्रेम सम्बन्धले राजदरबारको स्थापित मान्यतालाई नै चुनौती दिन सक्छ। नेपालको इतिहासमा राजा रणबहादुर शाह र मिथिलाकी ब्राह्मण महिला कान्तीवतीबीचको विवाह यस्तै एउटा प्रसंग हो। तत्कालीन समाजमा विधवा ब्राह्मण महिलाले पुनर्विवाह गर्नु अस्वीकार्य मानिन्थ्यो। त्यसमाथि क्षेत्री राजा र ब्राह्मण महिलाबीचको विवाहले जातीय तथा धार्मिक ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement