Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सुराकी, सूचक र गुप्तचर प्रहरी : हङ्गेरीद्वारा कम्युनिस्ट शासनकालका दस्ताबेज सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुराकी, सूचक र गुप्तचर प्रहरी : हङ्गेरीद्वारा कम्युनिस्ट शासनकालका दस्ताबेज सार्वजनिक
Photo / Coverage: बीबीसी नेपाली

AFP via Getty Images हङ्गेरीले अनलाइनमा प्रकाशित गर्न लागेका सरकारी गोप्य दस्ताबेजहरूले चार दशक लामो कम्युनिस्ट शासनमा छिमेकी, सहकर्मी, साथी र आफन्तहरूलाई कसले सुराकी गरेका थिए भन्ने समेत सार्वजनिक हुने ठानिएको छ। सरकारले प्रजातान्त्रिक रूपान्तरणमा यो महत्त्वपूर्ण कदम हुने बताएको छ।कतिपयका लागि यसले कम्युनिस्ट सत्ताको समयमा परिचालित जासुसहरू र त्यस बेला भएका पक्राउ, सोधपुछ र बेपत्ताबारे स्पष्टीकरण सोध्ने मौका दिने छ। अनि अन्य कतिपयलाई दशकौँदेखि लुकाइएका गोप्य कुराहरूको रहस्योद्‌घाटन हुने छ। सूचना चुहावटको अनुसन्धान : निलम्बन प्रक्रियाको पारदर्शितामाथि उठेका प्रश्न प्रधानमन्त्री वालेन्द्र शाह गुप्तचर निकायलाई किन आफू मातहत राख्न चाहन्छन्? सन् १९८०को दशकको कम्युनिस्ट हङ्गेरीका विपक्षी अभियानकर्मी बालिन्ट मोजोरलाई आफूमाथि नजिकबाट निगरानी भइरहेको राम्रोसँग थाहा थियो।आफूबारे राज्यबाट सकङ्कलन गरिएका सूचनाहरूका केही अंश हात पार्न उनी सफल भएका थिए। उनले शिक्षकहरूको भेलामा सत्ताबारे बोलेको एउटा आफ्नै अभिव्यक्ति पनि प्रहरीका एक सूचनादाताबाट हात पारेका थिए।अब मोजोरले यसको रमाइलो पक्ष देख्न सक्छन्। "मैले त्यस बेलै सत्ता परिवर्ततनबारे कुरा गरेको रहेछु, जुन कुरा मेरो स्मृतिबाट पनि मेटिइसकेको थियो," उनले बीबीसी विश्व सेवासँग भने।यद्यपि उनलाई ती सूचनादाता को थिए भन्ने थाहा छैन। अनि आफ्ना गतिविधिबारे निगरानीका लागि भएको क्रियाकलाप पनि थाहा थिएन। तर अब पनि यो कुरा थाहा पाउनेवाला छन्।"त्यो संयन्त्र र त्यसले गर्ने काम कहिल्यै सार्वजनिक भएको थिएन," उनी भन्छन्। "सबै दस्ताबेजहरू हेर्न सकिने गरी राख्दा त्यो प्रणालीबारे सबैलाई स्पष्ट रूपमा बुझ्न सजिलो हुने भयो।" BBC बालिन्ट मोजोर सन् १९८१ मा ट्रेड युनिअनमा आबद्ध मानिसहरूलाई भेट्न जाँदा गुप्तचर प्रहरीले लिएको आफ्नो तस्बिर देखाउँदै दस्ताबेजहरूको पहिलो किस्ता बुधवार सार्वजनिक गरिएको छ। विवादका बीच सरकारले ४५ वर्षे कम्युनिस्ट शासनको आघातमा मल्हम लगाउन मानिसहरूलाई यसले सहयोग गर्ने दाबी गरेको छ।यी दस्ताबेज सार्वजनिक गर्न नोभेम्बर ४ नै रोजिनुको पनि अर्थ छ। सन् १९५६ को नोभेम्बर ४ मा हङ्गेरीमा सुरु भएको प्रजातन्त्र पक्षधर विद्रोह दबाउन सोभियत ट्याङ्कहरू बुडापेस्ट र अन्य सहरहरूमा गुडाइएको थियो।यसको ७०औँ वर्षगाँठमा पहिलो चरणका दस्ताबेजहरू सार्वजनिक गरिएको हो। त्यसपछिका वर्षहरूमा प्रजातन्त्र पक्षधर अभियानका कैयौँ नेताहरू थुनिएका र झुन्डाइएका थिए। BBC प्रहरीका सूचकले सरकारलाई बुझाएको बालिन्ट मोजोरको सन् १९८७ मा सत्ता परिवर्तनबारेको अभिव्यक्ति उनले हात पार्न सफल भएका थिए त्यस बेला हङ्गेरीको सत्ताले व्यापक निगरानी अभियान चलाएको थियो। आफ्नो समुदायको जासुसीका लागि सर्वसाधारणहरूलाई पनि सूचनादाता बनाइको थियो।त्यसमध्ये ५० हजारदेखि ६० हजारको नाम अभिलेखमा रहेको हङ्गेरीको अभिलेखालयका प्रमुखले बताएका छन्।"पूर्वएजेन्टहरूका सबै फाइलहरू हामी स्क्यानिङ गरेर प्रकाशित गर्दै छौँ," अभिलेखालय प्रमुख गेर्गु बेन्देगुज चेह बताउँछन्।"त्यस आधारमा ककसलाई भर्ती गरिएको थियो भन्ने मात्रै नभई कुन आधारमा भर्ती गरिएको थियो, भर्ती प्रक्रिया कसरी अघि बढ्यो, उसलाई केको आधारमा ब्ल्याकमेल गरिएको थियो र उसले कसरी काम गर्‍यो भन्ने पनि स्पष्ट हुने छ।" Getty Images सन् १९५६ नोभेम्बर १२ मा रेड आर्मीका ट्याङ्कहरूले हङ्गेरीको संसद्‌लाई घेरा हालेर सुरक्षा दिएका थिए पिटर सिजमी मुलर विद्रोही सङ्गीत समूहका एक सदस्य थिए। भीडमा प्रहरीका सूचकहरूले नियमित निगरानी गरिरहेका हुन्थे। "तपाईँबारे कसैले कुरा पुर्‍याइदिन्थ्यो। प्रहरीले चौकीमा लिएर जान्थ्यो र त्यो कुरा दोहोरिरहन्थ्यो," उनी भन्छन्। मुलरले कम्युनिस्ट प्रणालीसँगको लडाइँमा वर्षौँ बिताए। तर प्रहरीलाई सूचना दिन खटाइएका जासुसहरू पहिचान गर्न निकै कठिन हुन्थ्यो। "यति लामो समयपछि मानिसहरूलाई सार्वजनिक रूपमा अपमानित गर्ने, लाञ्छित गर्ने र दण्डित गर्ने कुरामा म सहमत छैन। उनीहरूमध्ये कतिपयको निधन भइसकेको पनि हुन सक्छ वा उनीहरू जीवनको फरक चरणमा पुगिसकेका हुन सक्छन्," मुलर भन्छन्। Reuters पिटर सिजमी मुलरलाई कैयौँ पटक प्रहरीले पक्राउ गरेको थियो अभिलेखका कागजातहरू सार्वजनिक गर्ने कानुन सेप्टेम्बरमा पारित भएको थियो। गत एप्रिलको चुनावमा जितेपछि प्रधानमन्त्री पिटर मोजोरले यस्ता अभिलेखहरू सार्वजनिक गर्ने र खोज्न मिल्ने बनाउने वाचा पूरा गर्ने बताएका थिए। कम्युनिस्ट शासनको पतनपछि पोल्यान्ड र जर्मनीलगायत केही देशहरूले आफ्ना अभिलेखहरू छिटै सार्वजनिक गरेका थिए। तर सबै अभिलेखलाई डिजिटल बनाइएको छैन। अनि खोजी गर्दा पनि धेरै विस्तृत अभिलेख पाइँदैन। हङ्गेरीले भने आफ्नो अनलाइन अभिलेखमा जोकोहीले पनि खुला र कुनै रोकतोकबिना खोजी गर्न सक्ने जनाएको छ। EPA/Shutterstock प्रधानमन्त्री पिटर मोजोर हङ्गेरीमा भएको विद्रोहको ७०औँ वार्षिकोत्सवमा सहभागी भएका थिए जवाफदेहिताका लागि यो कदम धेरै ढिलो भएको बालिन्ट मोजोरको बुझाइ छ। "अब मुख्य प्रश्न कसलाई जवाफदेही बनाउने वा कसलाई अझै जवाफदेही बनाउन सकिन्छ भन्ने रहेन। किनभने त्यो पुस्ताका अधिकांश मानिस अब जीवित छैनन्। बाँकी रहेका धेरै सक्रिय कामकाजी जीवनबाट बाहिरिइसकेका छन्," मोजोर भन्छन्। मुलुकबाहिर गुप्तचरी गर्ने प्रावधान रहेको कानुन ल्याउँदै नेपाल सरकार नेपालको गुप्तचर निकाय ७० वर्षमा; कस्तो छ संरचना? कसरी काम गर्छ? कम्युनिष्ट शासनको पतनपछि सांसद र मन्त्री बनेका बालिन्ट मोजोर अहिले बुडापेस्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटी डेमोक्रेसी इन्स्टिट्यूडमा वरिष्ठ रिसर्च फेलो छन्। उनका लागि अभिलेख सार्वजनिक गर्नुको महत्त्व व्यक्तिहरूलाई मात्र जवाफदेही बनाउने विषयभन्दा फरकिलो छ। "कुनै न कुनै हिसाबले आफ्नो विगतको सामना नगरी कुनै पनि राष्ट्र झूटका आधारमा बाँचिरहन सक्दैन," उनी भन्छन्। "अभिलेख सार्वजनिक गर्दा हङ्गेरीलाई राम्रै हुन्छ।"हङ्गेरीले अब थाहा नभएको आफ्नो विगतबारे धेरै कुरा थाहा पाउने भएको छ।समर्थकहरूले यो कदमलाई ऐतिहासिक मेलमिलापतर्फको यात्रामा ठूलो उपलब्धि भनेका छन्। तर कतिपयका लागि ती रहस्यको सामना गर्नु पीडादायी पनि हुन सक्छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
Latest NewsJust now

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर । पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण... ...

रातोपाटी
सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)
Latest NewsJust now

सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र भनेर चितवनलाई मात्र विशेष प्राथमिकता दिने पक्षमा नरहेको बताएका छन्।  आज बिहान चितवनमा उद्योग वाणिज्य महासंघमा छलफल गर्दै उनले सुदूरपश्चिम, मधेस प्रदेशलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा आफू नरहेको बताएका हुन्।  ‘सुदूरपश्चिम, मधेसल... ...

नेपालखबर
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा
Latest NewsJust now

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए ।... ...

सिंहदरबार न्युज
धनतेरसमा सुन, चाँदी तामालगायत धातुका नयाँ भाँडाकुँडा किन किनिन्छ ?
Latest NewsJust now

धनतेरसमा सुन, चाँदी तामालगायत धातुका नयाँ भाँडाकुँडा किन किनिन्छ ?

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play