Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए । तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाइ आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ । छपाइ परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ । क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजारथान छापेर सम्बन्धित कार्यालयमा पठाइएको तिमिल्सिनाले जानकारी दिए । विभाग र केन्द्रबीच यस वर्ष वैशाख ४ गते क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको काम सुरु गरिएको हो । तिमिल्सिनाका अनुसार, विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाखथान लाइसेन्स छपाइ गरिएको थियो । त्यसपछि असार मसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो । “केही संख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ,” तिमल्सिनाले भने । केन्द्र र विभागबीच पहिलो चरणमा ०८२ कात्तिक १२ गते ६ महिनाभित्र १२ लाखथान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो । गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाखथान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी दिए । केन्द्रमा हाल नौ इन्जिनियर र १६ अरू प्राविधिक कर्मचारी गरी २५ जनालाई खटाएको जनाइएको छ । यस्तै, केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि पार्क (आईटी पार्क)का निम्ति निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि त्यसलाई ६ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिन्छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फेरि प्रदेश सरकार अस्थिर बनाउने खेलमा एमाले र नेकपा
Latest NewsJust now

फेरि प्रदेश सरकार अस्थिर बनाउने खेलमा एमाले र नेकपा

कोशी र लुम्बिनीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले नेतृत्वकै निर्देशन, मधेशमा बनेको जसपा नेतृत्वको नयाँ सरकार अझै अपूर्ण, सुदूरपश्चिममा नेकपाका सांसदहरूले आफ्नै मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्दै। ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

क्लबले सम्झौतामा रहेको एकवर्षे विकल्प प्रयोग गरेपछि पोर्चुगिज कप्तानसँगको सहकार्य थपिएको हो, तर भाइरल संक्रमणका कारण उनी ब्रेन्टफोर्डविरुद्ध खेल्न अनिश्चित छन् । ...

कान्तिपुर
युद्धग्रस्त १६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी
Latest NewsJust now

युद्धग्रस्त १६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी

कायरो । आगामी ६ महिनामा विश्वका १६ देशमा भोकमरीको अवस्था थप गम्भीर बन्ने संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले चेतावनी दिएका छन् । युद्धग्रस्त सुडान र यमनसहित पाँच देशमा भोकमरीको जोखिम सबैभन्दा उच्च रहेको उनीहरूको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्व, मध्यपूर्वको युद्धका कारण बढेको इन्धनको मूल्य ...

केन्द्रबिन्दु
आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने
Latest NewsJust now

आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने

• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। • भोलि बिहान उपत्यका र तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement