Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनसरी खोला किनारको छठ घाटमा तोडफोड
Photo / Coverage: हिमालय टाइम्स

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–६ घुस्की स्थित सुनसरी खोला किनारमा छठ पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा अपरिचित समूहले तोडफोड गरेको छ । धार्मिक आस्थाको महापर्व छठमा सूर्य देवलाई पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा तोडफोड गरेपछि स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । धार्मिक सद्भाव र आस्था माथि आँच पु¥याउने यस प्रकारको अराजक गतिविधि अत्यन्तै निन्दनीय रहेको स्थानीयवासीले बताउनुभएकाे छ । पूजा स्थल तोडफोडमा संलग्न व्यक्तिको पहिचान र तोडफोडका कारण हालसम्म खुलेको छैन । यस घटनाले स्थानीय बासिन्दामा गहिरो असन्तोष र आक्रोश उत्पन्न गराएको छ । घटनाको निष्पक्ष छानबिन गरी तुरुन्त दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग जोडदार माग गर्नुभएकाे छ। घटनाको विषयमा अनुसन्धान भइरहेको र यसमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयाे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्। ...

कान्तिपुर
यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
Latest NewsJust now

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ। केही महिलाहरूमा यो संक्रमण निको भएपछि फेरि... ...

रातोपाटी
काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ। के तराई, के पहाड अहिले सबै क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाइन्छ।  यसै क्रममा देशको केन्द्रीय राजधानी काठमाडौँमा पनि छठ भव्यतापूर्वक सम्पन्न गरिएको छ।  यसै क्रममा हेर्नुहोस् आज बिहान गौरीघाटमा देखिएका यी दृश्य-   ...

नेपालखबर
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Latest NewsJust now

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play