काठमाडौं। सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा बुधबार साँझ तीन वटा सवारी साधन एक-आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र एउटा साइकल ठोक्किएका थिए। दुर्घटनामा स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका-९ की सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा स्कुटर चालक इनरुवा-७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी-३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार रहेका छन्। त्यस्तै, साइकल यात्री इनरुवा-५ का ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्। घाइते सबैको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।
सुनसरीमा तीन सवारी साधन ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






