काठमाडौँ । पछिल्लो केही सातादेखि सुनको मूल्य निरन्तर घट्न थालेपछि महँगोमा सुन किनेकाहरुले पसल नै बन्द गर्न थालेका छन् । विशेषगरी काठमाडौँका विभिन्न ठाउँ र देशभरका मुख्य शहरहरुमा सुन पसलेहरुले पसल नै बन्द गर्न थालेका हुन् । यसो त गत एक सातामा मात्र सुनको मूल्य प्रतितोला २७ हजार ८ सय रुपैयाँले घटेको थियो । यो साताको पहिलो कारोबार दिन (आइतबार) पनि सुनको मूल्य २८ सय रुपैयाँले घटेको छ । हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसरी सुन मूल्य घटेको घट्यै गर्न थालेपछि महँगोमा सुन किनेकाहरुले घाटा खाएर सुन बेच्नुभन्दा पसल नै बन्द गर्न थालेका छन् । हाल अधिकांश सुन पसलहरु बन्द गरिएका छन् । महँगोमा सुन किनेर सस्तोमा बेच्नुपर्दा पसल नै बन्द गरेको व्यवसायीहरुले बताएका छन् । यता सुनको मूल्य घटेसँगै अहिले सुन पसलमा सुन किन्नेहरुको भीड लागेको छ । अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आउँदा नेपालमा सुनको मूल्य प्रतितोला २ लाखसम्म आउने प्रक्षेपण पनि गरिएको छ ।
सुनको भाउ घटेको घट्यै गर्न थालेपछि महँगोमा सुन किनेकाहरुले बन्द गर्न थाले पसल !

Read Complete Original Article
Published originally on अर्थ सरोकार






