काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बुधबार ठूलो गिरावट आएको छ। मंगलबार सामान्य वृद्धि भएको सुनको भाउ बुधबार एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ३ हजार ५४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको भाउ एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






