Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन
Photo / Coverage: टक्सार

काठमाडाैँ । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए । छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने उल्लेख गरे । सभापति खड्काले अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने बताए । ठेक्का तथा टेण्डर रद्ध हुँदा हुने आर्थिक नोक्शानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले परियोजना रद्ध वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर तथा त्यसबाट हुने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्नेमा जोड दिए । सभापति खड्काले भने, “मधेस अन्नको भण्डार हो । हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ । यस विषयले पनि मलाई गम्भीर बनाएको छ । यो विषयलाई समेत लेखा समितिमा व्यापक छलफल गरौँ र त्यसको पनि निष्कर्ष निकालौँ भन्ने मेरो धारणा छ । किनभने, अहिलेसम्म हामीले ठेक्कापट्टा तथा टेण्डर रद्ध हुँदा त्यसबाट हुने आर्थिक नोक्शानीलाई मात्र एकांगी रूपमा हेर्ने गरेका छौँ । तर जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ । यस्तो विषयमा व्यापक समीक्षा गर्दा सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार बनाउन सकिन्छ भन्ने मलाई लाग्छ । यस विषयले पनि हामीलाई गम्भीर बनाएको छ ।” समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्ध गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान
Latest NewsJust now

औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह ...

कान्तिपुर
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
Latest NewsJust now

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

सिराज खानबाँके, मङ्सिर ८ गते । दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन ह... ...

गोरखापत्र
खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया
Latest NewsJust now

खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया

काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बोलपत्र रद्ध गर्ने निर्णय गरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का प्रक्रिया तथा बोलपत्र रद्ध गर्ने निर्णयबारे जानकारी दिँदै रजौरियाले प्रचलित कानूनी व्यवस्था पालना, पारदर्शिता र प्रतिष्पर्धात्मक खरिद प्रक्रिया ...

टक्सार
दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु
Latest NewsJust now

दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु

• भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ। • बिरामीहरूले अब आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। • अस्पतालले आधुनिक निदानात्मक उपचार र विशेषज्ञ सेवाहरूलाई एकीकृत गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement