Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी गाउँपालिका कप फुटबल प्रतियोगिता मंसिर २१ देखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी गाउँपालिका कप फुटबल प्रतियोगिता मंसिर २१ देखि
Photo / Coverage: हिमालय टाइम्स

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता ‘सुनकोशी गाउँपालिका कप-२०८३’ आयोजना हुने भएको छ । सुनकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मूलखर्कको आयोजनामा आगामी मंसिर २१ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । ‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार : समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता सुनकोशी गाउँपालिका-५, मूलखर्कस्थित खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले सूचना जारी गर्दै देशभरका स्थानीय तह, खेलाडी तथा खेलप्रेमीलाई आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले मंसिर १८ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । टिम दर्ता शुल्क १० हजार रुपैयाँ, बीमा शुल्क एक हजार रुपैयाँ र धरौटीबापत दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिता ९ ए साइडमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन गरिनेछ । प्रत्येक टिममा १४ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १६ जनाको टोली रहने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक नगरपालिका वा गाउँपालिकाबाट एक टिमले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी खेलाडी सम्बन्धित स्थानीय तहकै हुनुपर्नेछ । टिम दर्ताका क्रममा सम्बन्धित नगरपालिका वा गाउँपालिकाको आधिकारिक सिफारिसपत्र तथा खेलाडीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिमले तीन लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमलाई एक लाख ७७ हजार ७७७ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी सेमिफाइनलसम्म पुग्ने बाँकी दुई टिमलाई जनही एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । प्रतियोगिताले स्थानीय तथा अन्तरपालिका स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिताका अन्य नियम तथा व्यवस्थाबारे खेल सुरु हुनुअघि र सञ्चालनका क्रममा जानकारी गराइने गाउँपालिकाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे
Latest NewsJust now

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्।  ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।  प्रशिक्षक जर्ज जेससका अनुसार उन... ...

नेपालखबर
परम्परागत पारपाचुकेको संस्कृति र दर्शन
Latest NewsJust now

परम्परागत पारपाचुकेको संस्कृति र दर्शन

काठमाडौं उपत्यका नेपालमण्डल जीवन्त संस्कृतिको धनी शहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन । नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । यही नेवारी संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति बनेको छ भने विश्वमा नै नेपालको परिचयमा यसले भूमिका खेलेको छ । कतिपय नेवारी संस्कृति, कलाकृति र धार्मिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा ...

हिमालय टाइम्स
पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन
Latest NewsJust now

पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन

नियात्राकार हरिप्रसाद उप्रेती कानुन व्यवसायका क्षेत्रका एक अब्बल एवं अध्ययनशील, विज्ञ व्यावसायी हुन् । कानुन व्यवसायको क्षेत्रमा उनको विषय-विज्ञता सम्पूर्ण न्यायिक क्षेत्रका लागि नै विश्वासिलो एवं विशिष्ट रहेको महसुस हुन्छ । हरिप्रसाद उप्रेतीले नियात्रा विधाका दुइटा कृति प्रकाशित गरेका छन् । पहिलो नियात्रा कृति २०८० सालमा ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा प्रकाशित भएको छ । त्यस कृतिले उप्रेतीको नियात्रा विधामा उनको ...

हिमालय टाइम्स
तिहारका धार्मिक सांस्कृतिक पक्ष
Latest NewsJust now

तिहारका धार्मिक सांस्कृतिक पक्ष

तिहार उत्सव अर्थबोधक शब्द हो । विशेषगरी हर्षोल्लासपूर्वक मनाइने भएकाले पनि तिहारलाई रमाइलो पर्वका रूपमा लिइन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक अर्थात् तिहार भनिन्छ । यमदीपदान, कागबलि, नरकचतुर्दशी स्नान, कुकुर पूजा, लक्ष्मीपूजा, गाईपूजा, गोवर्द्धनपूजा, ह्मःपूजा, भाइटीकाका शास्त्रीय विधिविधान पाइन्छन् । जो धार्मिक पक्ष हुन् । यसैगरी धनतेरस मनाउने, नेपालसंवत् नयाँवर्ष ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play