Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम लगातार तेस्रो पटक  एनपीएलको  फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग खेल्ने
Photo / Coverage: अनलाइनपाना

नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको तेस्रो सिजनको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ हराउँदै सुदूरपश्चिम रोयल्सले लुम्बिनीसँगको भेट पक्का गरेको हो । फाइनल खेल पर्सि शनिबार हुनेछ । गत सिजनको फाइनलमा सुदूरपश्चिम लुम्बनीसँगै पराजित भएको थियो । यस्तै जारी प्रतियोगिताको पहिलो क्वालिफायरमा पनि लुम्बिनीसँगै पराजित भएर सुदूरपश्चिमले आज दोस्रो प्ले अफ खेलेको हो । यति मात्र होइन यस सिजनको पहिलो खेलमा पनि सुदूरपश्चिम लुम्बिनीसँगै पराजित भएको थियो । यसरी लगातार तीन खेलमा हार ब्यहोरेको सुदूरपश्चिमले एकपटक फेरि फाइनलमा हारको बदला लिने मौका पाएको हो । १३४ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।सुदूरपश्चिमको जितमा थिरन्दु रत्नायकेले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा अविजित ५३ रन बनाउँदै टोलीका लागि विजयी चौका प्रहार गरेका थिए । अन्तिम ओभरमा चितवनले विकेट किपर कमिल मिसारालाई बलिड गराउँदै अफ ब्रेकमार्फत विकेट झार्ने रणनीति लिएको थियो । उसको यो रणनीतिले शुरुमा काम गर्ला जस्तो देखिएको पनि थियो । अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा पहिलो र दोस्रो बलमा एक एक दिएका मिसराले चौथो बलमा विकेट लिँदै दबाब बढाएका थिए । तर, पाँचौ बलमा चौका हान्दै रत्नायकेले टोलीलाई फाइनल पुर्याए । यसैगरी, विनोद भण्डारीले २३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा इशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए । लक्ष्य ठुलो नभएकोले सुदूरपश्चिमका ब्याटरको टिकेर खेल्दै टोलीलाई जिताउने रणनीति सफल भएको थियो । रत्नायकेले ४३ बलमा ७ चौका प्रहार गरेका थिए । संयमित ब्याटिड गरेका उनले ठुला शट हान्ने जोखिम नलिइ चौका प्रहार गर्ने रणनीति लिएका थिए भने रनिड विट्वीन द विकेटको तालमेल पनि राम्रो बनाएका थिए । चितवनका रञ्जित कुमारले २ विकेट लिए ।त्यसअघि, त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए । मलानले ३८ बलमा अर्धशतक पूरा गरेका थिए। खराब शुरुवात गरेको चितवनले शुरुवाती ३ ओभरमा मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । गएको खेलमा अविजित १२० रन बनाएका कमिल मिसारा आज ४ रनमा आउट भए । यस्तै, गत खेलमा अर्धशतक बनाएका कप्तान रवि बोपाराले ८ बलमा मात्र १ रन बनाउन सके । मलानलाई कुनै पनि ब्याटरले साथ नदिँदा चितवनले सामान्य योगफलमै चित्त बुझाउनु पर्यो । तथापी ६२ रनमा ६ विकेट गुमाएको अवस्थाबाट मलानले इनिङ्स केही हदसम्म उकासेका थिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ तथा थारिन्दु रत्नायकेले २ विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र इशान पाण्डेले एक एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुरक्षण मुद्रण केन्द्रद्वारा राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा राहत कोषमा एक करोड पाँच लाख सहयोग

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ३ गते। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत क... ...

गोरखापत्र
आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति
Latest NewsJust now

आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

कास्की । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति... ...

रातोपाटी
भारत भ्रमणमा जाँदा पनि परम्परागत बिदाइ नलिने प्रधानमन्त्री बालेनको तयारी
Latest NewsJust now

भारत भ्रमणमा जाँदा पनि परम्परागत बिदाइ नलिने प्रधानमन्त्री बालेनको तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी आइतबार भारतको राजकीय भ्रमणमा प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत गार्ड अफ अनर नलिने र औपचारिक बिदाइ समारोह नगर्ने भएका छन्। नेपाली सेनाले भारतको राजकीय भ्रमणमा जाँदा गार्ड अफ अनर ग्रहण गर्न आग्रह गरे पनि बिहीबार साँझसम्म प्रधानमन्त्री शाहले कुनै सहमति दिएका छैनन् र सरकारले विमानस्थलमा औपचारिक समारोह आयोजना गर्ने तयारी पनि नगरेको बताइएको ...

विश्वखबर
एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न फिफा सकारात्मक
Latest NewsJust now

एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न फिफा सकारात्मक

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको छ। बैंककमा आयोजित एएफसी अवार्ड्सको क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन्। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play