काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सलाई १०६ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको हो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । त्यस्तै लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले २-२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिएका थिए । The post सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर






