Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम रोयल्सको ट्रफी नौ जिल्लामा घुमाइने, मंसिर १३ देखि टूर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्सको ट्रफी नौ जिल्लामा घुमाइने, मंसिर १३ देखि टूर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ। ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ। मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ। मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ। बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ। त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्‍याली हुनेछ। मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ। मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन हुनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ। ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना हुनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा

• सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्दै मधेस प्रदेशलाई ४७–३ अङ्कले हरायो। • नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गर्दै समूह ‘ए’ मा जित हासिल गर्यो। • थ्री अन थ्रीमा नेपाल आर्मी र बागमती प्रदेशले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ...

नेपालबहस
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा
Latest NewsJust now

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनीले संकलित रकम समयमै नेपाल लाइफलाई बुझाएको छैन भन्ने आरोपमा कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ, जसले व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रश्न उठाएको छ। • बीमाशुल्क संकलनको जिम्मेवारी लिएको कम्पनीले ...

नेपालबहस
उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने
Latest NewsJust now

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् । उद्योगी तथा व्यवसायीका समस्या तत्काल सम्बोधन […] ...

लोकपथ
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement