Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्ट्समाथि २७ रनको जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्ट्समाथि २७ रनको जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछाएको जनकपुरले १९.५ ओभरमा अल आउट हुदै ९३ रन मात्र बनाएको थियो । जनकपुरका लागि तृतराज दासले २१ र जिम्मी निशामले २० रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलेनले ३ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायाके, दिपेन्द्र सिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्का कप्तान हर्मित सिंहले ४ विकेट लिए । सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमूलेनले सर्वाधिक ३३ रन बनाए भने विनोद भण्डारी र सैफ जैबले १०-१० रन बनाए। त्यसपछि आएका इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी क्रमशः ३ र १ रनमा पेभेलियन फर्किए। आरिफ शेख ११ रनमा डगआउट फर्किए । मध्यक्रममा आएका थरिन्दु रत्नायकेले अविजित ३७ रन बनाएका थिए । त्यस्तै जनकपुर बोल्ट्सका लागि बलिङतर्फ कप्तान हर्मितको साथमा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता, अभिषेक तिवारीले १-१ विकेट लिए । यो जितपछि सुदूरपश्चिमको ६ खेलमा चौथो जितसहित ८ अंक भएको छ भने जनकपुरले ६ खेलमा चौथो हार बेहोरेको छ । The post सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्ट्समाथि २७ रनको जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– ...

रातोपाटी
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play