पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, ‘थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।’ सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on पर्दाफास






