Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत् आयात गर्ने गरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा बोलपत्र माग्ने तयारी गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आगामी सुख्खायाममा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । नयाँ आयोजनाबाट समेत सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । यसअघि सबैभन्दा कम प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनले उक्त मूल्यमा सम्झौता गर्न नसक्ने जनाएपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । आगामी सुख्खायाममा विद्युत्को माग बढ्ने र आन्तरिक उत्पादन घट्ने भएकाले समयमै आयातको व्यवस्था मिलाएर आपूर्ति जोखिम कम गर्ने प्राधिकरणको योजना छ । The post सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग: डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुग्यो
Latest NewsJust now

नेपाल प्रिमियर लिग: डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुग्यो

• नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको संख्या २६ पुगेको छ, चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेपछि। • सिजनमा २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्, जसमा विभिन्न टोलीका खेलाडीले योगदान दिएका छन्। • शतक हिर्काउने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन्। ...

नेपालबहस
सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे १० रनमा आउट
Latest NewsJust now

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे १० रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । इसन पाण्डे ९ बलमा १० रन बनाएर आउट भएका छन् । उनलाई रन्जित कुमारले आउट... ...

रातोपाटी
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा नाम जोडिएपछि पूर्व मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंबाट अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।&… ...

उकेरा
मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी
Latest NewsJust now

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको सीआईबीले ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play