Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सीमा विवादमा बालेनको बोली र व्यवहार फरक देखियो : कांग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीमा विवादमा बालेनको बोली र व्यवहार फरक देखियो : कांग्रेस
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवादले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागेको छ । कांग्रेसले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणीसमेत गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले सीमा विवादलाई उच्चस्तरीय कूटनीतिक संवादमा प्राथमिकताका साथ उठाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेसले प्रधानमन्त्री बन्नुअघि र पदमा रहेपछि भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा प्रधानमन्त्री शाहले दिएका अभिव्यक्ति र अहिलेको व्यवहार फरक रहेको जनाएको छ । कूटनीतिक रूपमा सीमा मुद्दा उठाउने अवसर हुँदासमेत त्यसलाई प्राथमिकतामा नराखी फर्किनुले प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको कांग्रेसको ठहर छ । कांग्रेसले भारत भ्रमणका क्रममा भएका सहमति र उपलब्धिलाई सकारात्मक रूपमा लिए पनि संयुक्त वक्तव्य जारी हुनुलाई मात्रै ऐतिहासिक उपलब्धि मान्न नसकिने स्पष्ट पारेको छ । उपलब्धिको मूल्याङ्कन त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र कार्यान्वयनबाट प्राप्त हुने परिणामका आधारमा हुनुपर्ने कांग्रेसको भनाइ छ । भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले सकारात्मक उपलब्धिका रूपमा लिएको छ । तर, ती सहमति कार्यान्वयनमा लैजान सरकारले स्पष्ट समयसीमा, विकास सहयोगको पारदर्शिता, सहुलियतपूर्ण ऋणका सर्त र लगानीको प्रतिफलबारे संसद् तथा नागरिकलाई जानकारी दिनुपर्ने माग गरेको छ । सीमासम्बन्धी विषयमा भारतसँग के-कस्तो छलफल भयो र आगामी दिनमा कुन संयन्त्रमार्फत कूटनीतिक पहल अघि बढाइन्छ भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेसको निर्णय छ । यसैबीच कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा रहन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ । महामन्त्री प्रदीप पौडेलले पार्टीको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न सरकारलाई सचेत गराइएको जानकारी दिए । कांग्रेसले संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अन्य अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ । प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन पनि माग गरेको छ । साथै संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा र चुनाव चिह्न रूख अनधिकृत रूपमा प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । महामन्त्री पौडेलले पार्टीका सबै सदस्य, तहगत समिति र शुभेच्छुकलाई भ्रमपूर्ण गतिविधिमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरिएको बताए । बैठकले कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जनसहित पारित गर्दै कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौम समानता, आपसी विश्वास र साझा हितका आधारमा अघि बढाउन आफू प्रतिबद्ध रहेको जनाउँदै राष्ट्रिय हितका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक... ...

रातोपाटी
संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल
Latest NewsJust now

संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल

इमान सिं रानारामपुर (पाल्पा), मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ । संसद्का ग... ...

गोरखापत्र
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड
Latest NewsJust now

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् । उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र ...

कर्पोरट खबर
कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार
Latest NewsJust now

कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

१–पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न देउवा समूहलाई कांग्रेसको चेतावनी,कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र २–कर्णाली प्रदेशले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहने रास्वपाका सभापति रवि लामिछानेको उद्घोष,रास्वपाका कार्यकर्तालाई जनताले ‘झोले’ नभनुन भनेर फाइल र डायरी दिइने ३–मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन,‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट उपेन्द्र पौड्याल सम्मानित४सुकुम्बासी होल्डिङ सेन्टरभित्र सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement