काठमाडौं: सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित झुंगामा आइतबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सुनसरी जाँदै गरेको बागमती प्रदेश-०१-०२८ च २७८३ नम्बरको ईसुजु जिप मदन भण्डारी राजमार्गबाट करिब १० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको छ। जिप आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बराहक्षेत्र-८ की ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, सोही स्थानकी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा आतर्व भट्टराई रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






