काठमाडौं । सिद्धार्थ बैंक भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसाले बैंकलाई दुई विधामा अवार्ड प्रदान गरेको हो । बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड बिजनेस’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । ग्राहकलाई सुरक्षित, छरितो र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले क्रेडिट तथा प्रिपेड कार्ड सेवाको विस्तारमा काम गर्दै आएको बैंकले जनाएको छ । बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालमा जारी भएका कुल ३ लाख ३० हजार क्रेडिट कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् २१ प्रतिशत रहेको छ । त्यसैगरी, बजारमा जारी भएका २ लाख ८० हजार प्रिपेड कार्डमध्ये बैंकका करिब ४२ हजार कार्ड रहेका छन् । क्रेडिट कार्ड सेवालाई थप सहज बनाउने उद्देश्यले बैंकले मंसिर २९, २०८३ सम्म लाइफटाइम निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । भिसाबाट प्राप्त सम्मानले बैंकको कार्ड व्यवसायमा भएको प्रगति र डिजिटल भुक्तानी सेवाको विस्तारलाई थप प्रोत्साहन मिल्ने बैंकको विश्वास छ ।
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



-6d9c7df2-bf49-4f02-b10b-bada719a63b8.jpeg&w=1200&q=75)


