Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सिटिजन्सको देवीघाट शाखा बट्टारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्सको देवीघाट शाखा बट्टारमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्णरूपमा क्षति भएको थियो । स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नुवाकोटको देवीघाट शाखा विदुर नगरपालिकाको बट्टारमा स्थानान्तण गरेको छ । बट्टारमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको आतिथ्यतामा नयाँ शाखा उद्घाटन गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोटस्थित देवीघाट शाखा पूर्णरूपमा क्षति भएको अवस्थामा स्थानीय ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा बट्टार शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो । बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकांक परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्तानब्बे जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Latest NewsJust now

सन्तानब्बे जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, कात्तिक १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध ७३ करोड रुपियाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्व... ...

गोरखापत्र
युक्रेनमा रुसी हवाई आक्रमण : विद्यालय भवनमा नौ बम खस्दा कम्तीमा ३३ जनाको मृत्यु
Latest NewsJust now

युक्रेनमा रुसी हवाई आक्रमण : विद्यालय भवनमा नौ बम खस्दा कम्तीमा ३३ जनाको मृत्यु

जापोरिजिया । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन्... ...

रातोपाटी
आज हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

आज हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक ...

नेपालन्युज
आज कति मुल्यमा करोबार हुँदै छ विदेशी मुद्रा ?
Latest NewsJust now

आज कति मुल्यमा करोबार हुँदै छ विदेशी मुद्रा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play