काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ र अभ्यासका लागि केन्द्रविन्दु रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा शुक्रबार बसेको ‘लैङ्गिक असमानता घटाउन कामपाले गरेको काम’ विषयक छलफलमा उनले यहाँ सिकाइ र अभ्यासका असीमित अवसरहरू रहेकाले त्यसलाई सदुपयोग गर्दै जानुपर्ने धारणा राखे । पार्टीका सचेतकसमेत रहेका सांसद परियारले ‘जेनजी’ सहिद र अमर प्रहरीको नामावलीसहित उनीहरूको सम्मानमा स्मारक बनाउने र नवयुवा (जेनअल्फा) लाई विकासको संवाहकका रूपमा सहकार्य गर्ने गरी कामपाले तयार पारेको कार्यक्रम अनुकरणीय रहेको बताए ।
सिकाइ र अभ्यासका लागि काठमाडौं केन्द्रविन्दु हो: सांसद परियार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


