Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

सिंगापुरका ’फिनटेक’ कम्पनीमा एआईको प्रभाव बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिंगापुरका ’फिनटेक’ कम्पनीमा एआईको प्रभाव बढ्दो
Photo / Coverage: टेक्नोलोजी खबर

सिंगापुरका वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार सिंगापुरका ८६ प्रतिशत फिनटेक कम्पनीले एआई प्रविधि प्रयोगमा ल्याइसकेका छन् । सिंगापुर फिनटेक एसोसिएसन, एयरवाल्लेक्स र काप्रोनेसियाले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ९४ प्रतिशत फिनटेक कम्पनीले सन् २०२७ मा एआईसम्बन्धी आफ्नो बजेट बढाउने योजना बनाएका छन् । प्रतिवेदनले एआई प्रविधिको प्रयोग व्यापक भए पनि यसबाट व्यावसायिक आम्दानी बढाउने सम्भावनाको उपयोग भने अपेक्षाकृत कम भएको देखाएको छ । सर्वेक्षणमा सहभागी कम्पनीमध्ये केवल चार प्रतिशतले नयाँ आम्दानी सिर्जना गर्नुलाई एआई प्रविधिको सबैभन्दा ठूलो लाभका रूपमा पहिचान गरेका छन् । प्रतिवेदनअनुसार सिंगापुरका फिनटेक कम्पनीमा एआई प्रयोगको दर त्यहाँका वित्तीय संस्थाहरूको तुलनामा बढी छ । सिंगापुरका वित्तीय संस्थामा एआई प्रयोगको दर ६५ प्रतिशत रहेको छ भने विश्वभरका फिनटेक कम्पनीमा यस्तो दर ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सिंगापुरका १०० फिनटेक कम्पनीका नेतृत्वकर्तासँग गरिएको सर्वेक्षण र उद्योगका १० वरिष्ठ विज्ञसँग लिइएको विस्तृत अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो । यसका लागि सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । प्रतिवेदनले सिंगापुरका फिनटेक कम्पनीमा एआई प्रविधिको प्रयोग र यसमा लगानी गर्ने इच्छा उच्च रहेको देखाए पनि त्यसलाई नयाँ व्यावसायिक अवसर तथा आम्दानी वृद्धिसँग जोड्नुपर्ने चुनौती औँल्याएको छ । The post सिंगापुरका ’फिनटेक’ कम्पनीमा एआईको प्रभाव बढ्दो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला
TechnologyJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ। सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्। फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ। कुल १ ...

टेक्नोलोजी खबर
चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण
TechnologyJust now

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले बिहीबार शिजियान–२४ नामक नयाँ भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको उत्तरी शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ६ः५१ बजे उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो। लङ मार्च–२डी वाहक रकेटको सहायताले भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्रक्षेपणपछि भूउपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको र सम्पूर्ण प्रक्षेपण अभियान सफल भएको जनाइएको छ। यस प्रक्षेपणसँगै चीनको लङ मार्च ...

टेक्नोलोजी खबर
एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास
TechnologyJust now

एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास

एआई कम्पनी एन्थ्रोपिकले आईपीयो र नीजि लगानि मार्फत नयाँ रेकर्ड १०७ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। यससँगै कम्पनीले एलन मस्कको स्पेसएक्सले यसअघि बनाएको कीर्तिमानलाई समेत पछि पारेको छ। एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले ९८ करोड कित्ता सेयर बिक्रि गरेको छ। यसबाट सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। विभिन्न प्रविधि कम्पनीलाई नीजी रुपमा ...

टेक्नोलोजी खबर
एआई नियमनमा ट्रम्पको असहमति
Technology50m ago

एआई नियमनमा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ। चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play