Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

साविक विजेता लुम्बिनी एनपीएलको प्ले अफमा, कर्णालीलाई कठिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
साविक विजेता लुम्बिनी एनपीएलको प्ले अफमा, कर्णालीलाई कठिन
Photo / Coverage: अनलाइनपाना

काठमाडौँ। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको प्ले अफमा पुगेको छ । आजको दोस्रो खेलमा छिमेकी क्लव कर्णाली याक्सलाई चार विकेटले हराउँदै लुम्बिनी प्ले अफमा पुगेको हो । लुम्बिनी छ खेलबाट नौ अंक बनाउँदै तालिकाका शिर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले चारमा जित निकालेको छ भने एक खेलमा अंक बाँडेको छ । लगातार चार खेलमा हार ब्यहोरेको कर्णाली भने प्ले अफको दौडबाट लगभग बाहिरिएको छ । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १७ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीका लागि म्यान अफ दी म्याच डी आर्सी शर्टले ४६ रन बनाए भने दिलीप नाथ २८ रनमा अविजित रहे । सानो लक्ष्य भएपनि त्यसलाई जोगाउन लुम्बिनीका बलरले भरमग्दुर प्रयास गरेका थिए। उनीहरु केही हदसम्म सफल पनि भए तर टोलीलाई जिताउन भने सकेनन् । कर्णालीका लागि मार्क वाटले चार तथा हुसेन तलात र पवन सर्राफले एक एक विकेट लिए । १० रनमा पहिलो, १४ रनमा दोस्रो र १९ रनमा तेस्रो विकेट लिँदै कर्णालीका बलरले लुम्बिनीलाई दबाबमा राखेका थिए । तर लक्ष्य नै सानो भएकाले लुम्बिनीका ब्याटरले सजिलै टोलीलाई जिताए । त्यसअघि, बलर चम्किएपछि लुम्बिन लायन्सले कर्णाली याक्सलाई मात्र १०५ रनमौ समेटेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४ बल बाँकी छँदै १०५ रनमा समेटियो । कर्णालीका लागि सोमपाल कामीले बनाएको २८ रन सर्वाधिक भयो । यस्तै हुसेन तलतले २४ रन बनाए । आजको खेलको कप्तानी गरेका डेभिड मिलरले ५ रन मात्र बनाउन सके । मात्र १५ रन जोड्दा चार विकेट गुमाएको कर्णालीका लागि पवन सर्राफ र सोमपालले ४० रनको साझेदारी गरेका थिए । तर कुनै पनि ब्याटरले विष्फोटक सट खेल्न नसक्दा र नियमित विकेट पतन रोक्न नसक्दा कर्णाली जित्दनै पर्ने खेलमा ठुलो चुनौती पेश गर्न सकेन । लुम्बिनीका लागि अभिशेष गौतम, डी आर्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले दुई दुई तथा रुबेन ट्रम्पलम्यान र शेर मल्ले एक एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
Latest NewsJust now

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने... ...

रातोपाटी
१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार
Latest NewsJust now

१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी... ...

रातोपाटी
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६... ...

रातोपाटी
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी
Latest NewsJust now

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play