Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

‘सारथी’मार्फत पुनःठूलो पर्दामा एकसाथ देखिँदै ‘दर्पणछायाँ’ जोडी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सारथी’मार्फत पुनःठूलो पर्दामा एकसाथ देखिँदै ‘दर्पणछायाँ’ जोडी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली चलचित्रको एक समयको लोकप्रिय जोडी निरूता सिंह र उत्तम प्रधान वर्षौंपछि फेरि ठूलो पर्दामा एकसाथ देखिने हुनुभएको छ । ‘दर्पणछायाँ’, ‘लहना’ र ‘उपहार’जस्ता सफल तथा चर्चित चलचित्रमार्फत दर्शकको मन जितेको यो जोडी चलचित्र ‘सारथी’मार्फत पुनः पर्दामा फर्किन लागेको हो । पुराना पुस्ताका दर्शकका लागि परिचित अनुहारको पुनर्मिलन र नयाँ पुस्ताका लागि फरक परिवेशको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’ यही मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको सार्वजनिक ट्रेलरले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर कथा अघि बढाइएको संकेत गरेको छ । नेपाली चलचित्रमा निरूता सिंह र उत्तम प्रधानको जोडी कुनै समय निकै लोकप्रिय थियो । विशेषगरी प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा उहाँहरूको अभिनय तथा पर्दामा देखिएको केमेष्ट्रीलाई दर्शकले रुचाएका थिए । समयसँगै दुवै कलाकार आ–आफ्नो यात्रामा अघि बढे पनि दर्शकमाझ उहाँहरूको जोडीप्रतिको आकर्षण भने कायमै छ । दुई वर्षअघि एउटा म्युजिक भिडिओमार्फत वर्षौंपछि अभिनयमा सहकार्य गर्नुभएका उहाँहरू अब चलचित्रमार्फत ठूलो पर्दामा पुनः एकसाथ देखिन लाग्नुभएको हो । यद्यपि, ‘सारथी’मा उहाँहरूको पुनर्मिलन पुराना चलचित्रको जस्तै प्रेमकथामा सीमित छैन । यसपटक दुवै कलाकार फरक भूमिकामा प्रस्तुत हुनुभएको छ । सार्वजनिक ट्रेलरमा निरूता सिंह आमाको भूमिकामा देखिनुभएको छ भने गिरी विश्वकर्माले छोराको भूमिका निर्वाह गर्नुभएको छ । उत्तम प्रधान र गायत्री जोशी पनि चलचित्रमा फरक भूमिकामा देखिनुहुनेछ । चलचित्रले केवल एउटा परिवारको कथामात्र नभई समाजमा विद्यमान आर्थिक अभाव, सामाजिक विभेद र पहिचानसँग जोडिएका प्रश्नलाई समेत उठाउने निर्माण पक्षको भनाइ छ । गुर्जाको मौलिक परिवेश पर्दामा ‘सारथी’को अर्को आकर्षण म्याग्दीको गुर्जा क्षेत्रको मौलिक परिवेश हो । चलचित्रको छायांकन दुर्गम मानिने गुर्जा क्षेत्रमा गरिएको हो । त्यहाँको स्थानीय संस्कृति, परम्परा, रहनसहन र ग्रामीण जीवनशैलीलाई कथाको अभिन्न हिस्साका रूपमा समेटिएको छ । प्राकृतिक सुन्दरता र मौलिक सांस्कृतिक पहिचान बोकेको गुर्जा क्षेत्रलाई चलचित्रमा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको ट्रेलरले देखाउँछ । दुर्गम गाउँको जनजीवन, त्यहाँका मानिसले भोग्नुपर्ने कठिनाइ र सामाजिक संरचनाभित्रका विभिन्न यथार्थलाई कथासँग जोडिएको छ । निरूता सिंह र उत्तम प्रधानको पुनरागमन ‘सारथी’प्रति दर्शकको चासो बढाउने महत्त्वपूर्ण पक्ष बन्नसक्छ । कुनै समय यी दुई कलाकारको जोडीलाई पर्दामा हेर्न रुचाउने दर्शकका लागि वर्षौंपछिको सहकार्य आफैँमा आकर्षण हो । अर्कोतर्फ, नयाँ पुस्ताका दर्शकले उनीहरूलाई नयाँ कथावस्तु र फरक भूमिकामा हेर्न पाउनेछन् । कुमार गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा निरूता, उत्तम, गिरी र गायत्रीसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, राजेन्द्र केसी, मदन थापा र तुलसी राईलगायत कलाकारको अभिनय छ । चलचित्रको छायांकन संकल्प भुजेलले गर्नुभएको हो । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुनुहुन्छ । निर्देशनदेखि कथा, पटकथा र संवादसम्मको जिम्मेवारी कुमार गजुरेलले सम्हाल्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement