सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गढहिया दुमरीका ३२ वर्षीय आलम बैठा रहेका कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बेठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रामक सूचना प्रकाशन गरेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर गरेको प्रारम्भिक अनुसन्धानमा पक्राउ नगरिएका व्यक्तिलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा गलत सूचना फैलाएको पाइएको जनाएको छ। यसबाट सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल उत्पन्न भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयले यस्ता भ्रामक तथा अपुष्ट सूचना प्रकाशन, प्रसारण र सेयर गर्दा सार्वजनिक शान्ति, सामाजिक सद्भाव तथा नागरिकको सूचनाको हकमा नकारात्मक असर पर्न सक्ने जनाएको छ। प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि सूचना प्रकाशन वा सेयर गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न आग्रह गरेको छ। प्रहरीसँग सम्बन्धित घटना, पक्राउ तथा अनुसन्धानबारे आधिकारिक जानकारी लिन जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित प्रहरी कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ। The post सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा appeared first on Technology Khabar.
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






