Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सातै प्रदेशमा त्रिविको दीक्षान्त : बागमतीमा सबैभन्दा बढी आवेदन, कर्णाली र सुदूरपश्चिममा न्यून

Share:WhatsAppFacebookX (Twitter)Telegram
सातै प्रदेशमा त्रिविको दीक्षान्त : बागमतीमा सबैभन्दा बढी आवेदन, कर्णाली र सुदूरपश्चिममा न्यून
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलो पटक सातै प्रदेशमा आयोजना गर्न लागेको दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीको आवेदन बागमती प्रदेशमा बढी केन्द्रित देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने तुलनात्मक रूपमा निकै कम आवेदन परेको छ। विश्वविद्यालयका अनुसार यस वर्ष दीक्षान्तका लागि ९५ हजार ५४० विद्यार्थी योग्य छन्। तीमध्ये समारोहमा प्रत्यक्ष सहभागी हुन २१ हजार २७४ जनाले आवेदन दिएको विवरण प्राप्त भएको छ। यद्यपि, उपलब्ध प्रदेशगत तथ्यांकको योगफलसँग कुल आवेदन सङ्ख्यामा केही भिन्नता देखिएको छ। प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट १४ हजार ६८१ विद्यार्थीले आवेदन दिएका छन्। त्यसपछि गण्डकी प्रदेशबाट दुई हजार २१५ र कोशी प्रदेशबाट दुई हजार १० जनाको आवेदन परेको छ। लुम्बिनी प्रदेशबाट एक हजार ५५४ र मधेश प्रदेशबाट ३६४ विद्यार्थीले समारोहमा सहभागी हुन आवेदन दिएका छन्। सबैभन्दा कम आवेदन कर्णाली प्रदेशबाट १५९ र सुदूरपश्चिम प्रदेशबाट २८१ जनाको परेको छ। The post सातै प्रदेशमा त्रिविको दीक्षान्त : बागमतीमा सबैभन्दा बढी आवेदन, कर्णाली र सुदूरपश्चिममा न्यून appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक
Latest NewsJust now

देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रुपमा गर्न लागेको १५औँ महाधिवेशनबाट शशांक कोइराला नै नेतृत्वमा आउने भएका छन्। आगामी मंसिर २१–२३ मा हुने महाधिवेशनमा शशांकलाई नै सभापति बनाएर जान देउवाले सिग्नल दिएका हुन्। १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक नै सभापति बन्ने सम्भावना उच्च रहेको देउवा पक्षीय एक नेताले नेपालखबरलाई बताए।... ...

नेपालखबर
फूल बेचेरै तिहार खर्चको जोहो
Latest NewsJust now

फूल बेचेरै तिहार खर्चको जोहो

बाँके। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले... ...

रातोपाटी
वातावरण संरक्षणमा एआई प्रयोग बढ्यो, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतप्रति चिन्ता
Latest NewsJust now

वातावरण संरक्षणमा एआई प्रयोग बढ्यो, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतप्रति चिन्ता

वासिङ्टन । विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्यांक विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न तथा लोपोन्मुख वन्यजन्तुको संख्या गणना गर्न एआईको प्रयोग गरिरहेका छन् । तर उनीहरूले प्रयोग गरिरहेको... ...

रातोपाटी
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने
Latest NewsJust now

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play