काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल पदमा नियुक्त भएको साढे सात महिनामै सरुवा भएका छन्। गत वैशाखको तेस्रो साता विभागको महानिर्देशक नियुक्त भएका ढकाललाई वीरगञ्ज महानगरपालिकामा सरुवा गरिएको हो। विभागको उपमहानिर्देशकका रूपमा लामो समय काम गरेका ढकाल गजेन्द्रकुमार ठाकुर हटेपछि महानिर्देशकको जिम्मेवारीमा पुगेका थिए। तर, कार्यकाल पूरा नहुँदै सरकारले उनको जिम्मेवारी हेरफेर गरेको हो। विभागले अपेक्षाअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पृष्ठभूमिमा ढकाललाई वीरगञ्ज महानगरपालिकामा सरुवा गरिएको बताइएको छ। यसैबीच, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार बोहराको पनि सरुवा भएको छ। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। त्यस्तै हुलाक सेवा विभागको महानिर्देशक मनमाया भट्टराई पंगेनी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी राष्ट्रिय योजना आयोगको सचिवालयमा सरूवा भएका हुन्। पंगेनी र सुवेदी विभागको महानिर्देशक भएको दुई वर्ष पूरा भइसकेको थियो। ढकाल महानिर्देशक भएको साढे सात महिनामै सरूवा भएका छन्। सुवेदी सरूवा भएसँगै वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव पठाउन बन्द भएको छ। किनकी वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव (महानिर्देशक)को दरबन्दी कटौती भइसकेको छ। अब उक्त विभागमा नियमित रूपमा प्राविधिक सहसचिव महानिर्देशक बन्नेछन्।
साढे सात महिनामै हटे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ढकाल

Read Complete Original Article
Published originally on नेपालन्युज






