Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

साउदी अरबद्वारा रेडक्रसलाई ८ हजार कम्बल र ६ हजार म्याट्रेस सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरबद्वारा रेडक्रसलाई ८ हजार कम्बल र ६ हजार म्याट्रेस सहयोग
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। साउदी अरबको ‘किङ सलमान ह्युमनिटेरियन एड एन्ड रिलिफ सेन्टर’ले नेपाल रेडक्रस सोसाइटीलाई आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीलाई राहत सामग्री हस्तान्तरण गरे। बाढी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायलाई लक्षित गरी उपलब्ध गराइएको उक्त सहयोगबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका दुई हजार घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। सोसाइटीका अध्यक्ष डा. भण्डारीले प्राप्त सामग्री जतिसक्दो चाँडो प्रभावित समुदायमा वितरण गरिने बताए। नेपाल सरकार, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको महासङ्घ (आइएफआरसी), अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) र साझेदार राष्ट्रिय सोसाइटीलगायतको सहयोगमा बाढी प्रभावित समुदायका लागि प्रतिकार्यका गतिविधि सञ्चालन भइरहेको उनले जानकारी दिए। राजदूत बिन मुनिरले साउदी अरबले मानवीय सहायताको साझा उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै रेडक्रसजस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको महासङ्घ नेपालका प्रमुख डेभिड फिसरले विपद्पछि प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर मानवीय सहायता निरन्तर उपलब्ध गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। अन्तर्राष्ट्रिय रेडक्रस समितिका नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढीबाट प्रभावित परिवारका बेपत्ता सदस्यको खोजी तथा पहिचान र शव व्यवस्थापनका लागि आवश्यक सामग्री रेडक्रस सोसाइटी र सरकारलाई सहयोग गरिरहेको बताए। नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ईश्वरीदत्त खनालले छनोटमा परेका प्रत्येक घरपरिवारलाई चार थान कम्बल र तीन थान म्याट्रेस वितरण गरिने जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
Latest NewsJust now

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

बेइजिङ । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । गोल्ड वाल प्रेसद्वारा... ...

रातोपाटी
नसाको समस्याबाट कसरी छुटकारा पाउने ? कन्सल्टेन्ट न्युरो सर्जन खड्काका ७ सुझाव
Latest NewsJust now

नसाको समस्याबाट कसरी छुटकारा पाउने ? कन्सल्टेन्ट न्युरो सर्जन खड्काका ७ सुझाव

कतिपय समस्या समयमै उपचार गरे शल्यक्रियाबिनै निको पार्न सकिन्छ भने उपचारमा ढिलाइ गर्दा जटिलता बढ्न सक्छ । ...

कान्तिपुर
एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै
Latest NewsJust now

एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन् । चीनको सम्भावित जासुसी गतिविधिको... ...

रातोपाटी
नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड पुर्यायो
Latest NewsJust now

नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड पुर्यायो

• नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलको लागि पल्स अवधि ३० सेकेन्डबाट ६० सेकेन्डमा परिवर्तन गरेको छ। • यो परिवर्तन नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय अनुसार लागू गरिएको हो। • अब सबै देशका लागि अन्तरराष्ट्रिय कल गर्दा ६० सेकेन्डको आधारमा शुल्क गणना हुनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement