Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

साउदीको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमण, एक नेपालीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमण, एक नेपालीको मृत्यु
Photo / Coverage: विश्वखबर

काठमाडौं– यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन् । हुथी आक्रमण र साउदीको जवाफी हवाई कारबाहीपछि दुई पक्षबीच तनाव बढेको छ। साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिणपश्चिमी जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको प्रक्षेप्यास्त्र आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । आक्रमणपछि केन्द्रमा आगलागी हुँदा उत्पादन तथा सञ्चालन अस्थायी रूपमा रोकिएको थियो । यसअघि बुधबार हुथी विद्रोहीले साउदीको ठूलो तेल प्रशोधन केन्द्र रास तनुरालाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणपछि केन्द्रबाट बाक्लो धुवाँ निस्किएको भूउपग्रह तस्बिरमा देखिएको सीएनएनले जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले रास तनुरातर्फ आएका चार ड्रोन अवरोध गरी नष्ट गरेको दाबी गरेको छ । ड्रोनका अवशेष खसे पनि मानवीय क्षति नभएको गठबन्धनले जनाएको छ । दैनिक ५ लाख ५० हजार ब्यारेल कच्चा तेल प्रशोधन क्षमता रहेको रास तनुरा केन्द्रमा आक्रमणपछि तेल लोड गर्ने कार्यसमेत रोकिएको थियो । यसको सञ्चालन पुनः सुरु भए–नभएको भने स्पष्ट भएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिरासत म्याद थप्न पूर्वमुख्यसचिव अर्याललाई आज अदालत लगिँदै
Latest NewsJust now

हिरासत म्याद थप्न पूर्वमुख्यसचिव अर्याललाई आज अदालत लगिँदै

मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको अभियोगमा बिहीबार गिरफ्तार पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज शुक्रबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ।  बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ गरिएका अर्याललाई हवाईजहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याइएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विर... ...

नेपालखबर
ग्लोबल आइएमई बैंक भिसाको दुई अवार्डबाट सम्मानित
Latest NewsJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई अवार्डबाट सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलको दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन... ...

रातोपाटी
जोखिममा रहेका समुदायलाई अमेरिकी सहयोग
Latest NewsJust now

जोखिममा रहेका समुदायलाई अमेरिकी सहयोग

काठमाडौँ, मङ्सिर, ११ गते । अमेरिकी सरकारले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता र स्वास्थ्य सुरक्षा सहायताका लागि पहल जारी राखेको जनाएको छ । नेपालस्थित अमेरिकाका कार्यव... ...

गोरखापत्र
सुदूरको समृद्धि बन्दै महाकाली पुल
Latest NewsJust now

सुदूरको समृद्धि बन्दै महाकाली पुल

दार्चुला समाचारदातादार्चुला, मङ्सिर ११ गते । दार्चुलास्थित महाकाली नदीमाथि निर्मित नेपाल–भारत जोड्ने पक्की पुल सुदूरपश्चिम प्रदेशको विकास यात्रामा एउटा ऐतिहासिक कोसेढुङ्गा नै साबित... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement