काठमाडौं। नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीका घटनाबारे उजुरी दिनका लागि १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता ठगीका घटनालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्र २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा स्थापना गरिएको हो। सर्वसाधारणले १२४७ नम्बरको हटलाइनमा फोन गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन सक्नेछन्। राष्ट्र बैङ्कले ठगीमा परेका व्यक्तिलाई तत्काल उक्त नम्बरमा सम्पर्क गरी केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। यसका साथै, ठगीमा परेको खण्डमा आफ्नो बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न पहल गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।
साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

Read Complete Original Article
Published originally on नेपालन्युज






