Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सांसदहरुलाई प्रधानमन्त्री बालेनको निर्देशन- चीन भ्रमण घुमघाममा मात्र सीमित नहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांसदहरुलाई प्रधानमन्त्री बालेनको निर्देशन- चीन भ्रमण घुमघाममा मात्र सीमित नहोस्
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शाहले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने प्रधानमन्त्रीको जोड रहेको उनले बताए । प्रधानमन्त्री शाहले दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनासँग जोडिएको भन्दै भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित हुन नहुने बताए । चीनको प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने सम्भावनालाई भ्रमणका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिएको प्रमुख सचेत कबुर्लाकोटीले जानकारी दिए । रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा
Latest NewsJust now

कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक महिनामा सार्वजनिक बिदाको सङ्ख्या १९ पुगेको... ...

रातोपाटी
तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन
Latest NewsJust now

तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन

काठमाडौं । सुनको मूल्य उच्च बिन्दुमा पुगे पनि यस वर्षको तिहारमा सुन किन्ने ग्राहकको उत्साहमा कमी आएन । मूल्यवृद्धिका कारण कारोबार घट्ने अनुमान गरिरहेका सुनचाँदी व्यवसायीले तिहारमा अपेक्षाभन्दा बढी ३० किलो सुन बिक्री गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्ष धनतेरस र त्यसपछिका दुई दिनमा मात्रै करिब ३० किलो सुन बिक्री भएको हो । सुनको मूल्य बढिरहेको अवस्थामा ...

केन्द्रबिन्दु
राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल
Latest NewsJust now

राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल

काठमाडौं।नेकपा (एमाले) ले महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन्। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको तयारी समितिको बैठकमा महासचिव पोखरेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक ...

नेपालन्युज
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने
Latest NewsJust now

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play