Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा दुई जना पक्राउ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सुनसरीमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सहकारीको रकम अपचलन तथा बचतकर्ताको रकम हिनामिनासम्बन्धी अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा अनुसन्धान अघि बढाइएको हो । उक्त सहकारीमा आबद्ध विभिन्न व्यक्तिमाथि बचतकर्ताको रकम अपचलन तथा ठगी गरेको आरोप छ । प्रहरीले विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको जनाएको छ। सहकारीका संस्थापक शिवकुमार लामिछानेसहित अन्य प्रतिवादीहरूको खोजीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार यस प्रकरणमा १७ हजारभन्दा बढी बचतकर्ताको रकम जोखिममा परेको छ भने कुल बिगो १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । पक्राउ परेका व्यक्तिमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । The post सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा दुई जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निकुञ्ज घुम्ने पर्यटक बढे
Latest NewsJust now

निकुञ्ज घुम्ने पर्यटक बढे

चितव । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह बढेसँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो... ...

रातोपाटी
सी, ट्रम्प र पुटिनबिच ऐतिहासिक भेट, बिहीबार पहिलोपटक त्रिपक्षीय बैठक
Latest NewsJust now

सी, ट्रम्प र पुटिनबिच ऐतिहासिक भेट, बिहीबार पहिलोपटक त्रिपक्षीय बैठक

चीनमा त्यहाँका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलोपटक एकसाथ भेट भएको छ।  रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले जारी गरेको भिडिओमा चिनियाँ समयअनुसार बुधबार राति चीनको सेन्जेनमा तीन नेताबिच ऐतिहासिक भेटघाट भएको हो।  रुसी सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पक... ...

नेपालखबर
२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले आधा ओभर सकिँदा बनायो ६६ रन
Latest NewsJust now

२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले आधा ओभर सकिँदा बनायो ६६ रन

काठमाडौँ । एनपीएल एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध २०५ रनको जवाफी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले कमजोर सुरुवात गरेको छ । १० ओभर सकिँदा ६६ रन बनाएको काठमान्डुले ४ विकेट गुमाइसकेको छ ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play