Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित
Photo / Coverage: नेपालन्युज

बागलुङ। सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको खपत कम भएपछि स्थानीय किसानले सहकारीमार्फत दूध सङ्कलन गरी पोखरास्थित डेरी उद्योगमा बिक्री गर्दै आएका छन् । जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ। २०७६ सालमा स्थापना भएको सहकारीले दूधको बजारीकरण गर्दै किसानलाई पशुपालनमा निरन्तरता दिन सहयोग पुर्याएको छ । दूध गाउँमै पर्याप्त खपत नहुने र चाडपर्वका समयमा मात्रै माग बढ्ने भएपछि सहकारीले दूधको सङ्कलन तथा बजारीकरणको व्यवस्था मिलाएको हो । यसअघि बजारको अभावमा किसानलाई उत्पादित दूध बिक्री गर्न समस्या हुने गरेको थियो । सहकारीमार्फत नियमित रूपमा दूध बिक्री हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ। सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार ३५ जना शेयर सदस्य किसानबाट दैनिक दूध सङ्कलन गरेर पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र ‘फ्याट’का आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । व्यवस्थापक आचार्यले भने, ‘किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुन्छ । चिलिङ भ्याटमा राखिएको दूध २४ घण्टासम्म सुरक्षित रहन्छ । त्यसअघि नै सुजल डेरीको ट्याङ्कर आएर दूध लैजान्छ ।’ स्थानीय बजारमा दूध प्रतिलिटर ११० रुपैयाँसम्म बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा प्रतिलिटर ७० रुपैयाँ मात्रै मूल्य प्राप्त हुने गरेको उनले बताए । बजारको सुनिश्चितता भए पनि ढुवानी तथा बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउने गरेको उनको भनाइ छ । दूधको बजार सुनिश्चित भएपछि किसानलाई व्यावसायिक पशुपालनमा लाग्न सहज भएको छ । सहकारीले अहिलेको दूध सङ्कलन तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन एक हजार लिटर क्षमताको चिलिङ भ्याट आवश्यक रहेको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रोत्सान पनि गर्दै आएको छ । सहकारीमार्फत बिक्री हुने दूधमा किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूह डोल्पाको सभापतिमा देवप्रसाद बुढा
Latest NewsJust now

कांग्रेस देउवा समूह डोल्पाको सभापतिमा देवप्रसाद बुढा

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत भएका छन् । जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार जिल्ला सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि,... ...

रातोपाटी
नयाँ सरकार गठनमा सहमतिका लागि आइजेनकोटले नेतन्याहुलाई दिए २४ घण्टे अल्टिमेटम
Latest NewsJust now

नयाँ सरकार गठनमा सहमतिका लागि आइजेनकोटले नेतन्याहुलाई दिए २४ घण्टे अल्टिमेटम

इजरायलमा नयाँ सरकार गठनको तयारीमा रहेका विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई विस्तृत प्रस्ताव पठाएको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेतन्याहुकै अनुरोधमा प्रमुख मुद्दा समेट्ने विस्तृत प्रस्ताव उनलाई गोप्य च्यानलमार्फत आइतबार नै  पठाइएको जानकारी गराएका हुन्। ‘हामीले सम्... ...

नेपालखबर
धेरै चुलबुल नगर बहिनी...
Latest NewsJust now

धेरै चुलबुल नगर बहिनी...

गाउँघरमा हुने बिहेबटुलोमा जब माइक खुल्थ्यो पेमालाई कतिबेला त्यो माइक समातौँ र गीत गाऊँ जस्तो लाग्थ्यो । रेडियो नेपालमा त्यतिबेला बच्चु कैलाश, माणिकरत्न र कुमार सुब्बाका स्वरमा गीत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement