Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सर्वोत्तम सिमेन्टको साधारण सभा पुसमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोत्तम सिमेन्टको साधारण सभा पुसमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको कुल २१ प्रतिशत लाभांश अनुमोदन गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी २०८३ पुस २ गते बिहीबार साधारण सभा आयोजना गर्ने भएको हो। कम्पनीका अनुसार सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजेदेखि सुरु हुनेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको आधारमा प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयरबापत ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ र १५ प्रतिशत नगद लाभांशबापत ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ वितरण हुनेछ। यसअनुसार कम्पनीले कुल १ अर्ब ९ करोड ९० लाख ९७ हजार ७५० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यद्यपि, उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ। साधारण सभामा वार्षिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र प्रस्तावित लाभांश अनुमोदन गर्ने लगायतका विषयमा निर्णय हुनेछ। त्यसैगरी कम्पनीको अधिकृत पुँजी वृद्धि, बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पुँजी समायोजन, सञ्चालक समितिमा पाँच जना सञ्चालक कायम गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषय पनि सभाका एजेन्डामा समावेश छन्। The post सर्वोत्तम सिमेन्टको साधारण सभा पुसमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’
Latest NewsJust now

१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’

बागलुङ । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष... ...

रातोपाटी
एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने
Latest NewsJust now

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् । दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष... ...

रातोपाटी
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Latest NewsJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play