Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा किन दर्ता भएन दानबहादुर कार्कीको रिट ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा किन दर्ता भएन दानबहादुर कार्कीको रिट ?
Photo / Coverage: पर्दाफास

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको जानकारी कार्कीका कानुन व्यवसायीलाई दिएका छन्। कार्कीका कानुन व्यवसायीहरू बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। तर अदालतका कर्मचारीहरूले निवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै तत्काल दर्ता नगरेका हुन्। सर्वोच्च अदालतमा निवेदन दर्ता भएपछि सामान्यतया भोलिपल्ट प्रारम्भिक सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ। तर बिहीबार निवेदन दर्ता हुन नसकेपछि शुक्रबार दर्ता भए पनि तत्काल सुनुवाइ हुने सम्भावना छैन। शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले रिटमाथि प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने देखिएको छ। सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबीसहित सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गृहमन्त्री गुरुङलाई लाग्यो ‘अचम्म’
OthersJust now

गृहमन्त्री गुरुङलाई लाग्यो ‘अचम्म’

काठमाण्डु- पछिल्लो समय विभिन्न राजनीतिक तथा प्रशासनिक घटनाक्रममा मौन देखिएका गृहमन्त्री सुदन गुरुङ सामाजिक सञ्जालमा पुनः छाएका छन्। पत्रकार पक्राउ परेको विषय, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाइएको विषय तथा विभिन्न राजनीतिक दलका व्यक्तिमाथि साइबर अपराधसम्बन्धी मुद्दा लगाइएको घटनामा गृहमन्त्री गुरुङको सार्वजनिक प्रतिक्रिया नआएको भन्दै प्रश्न उठिरहेका बेला उनले बिहीबार सामाजिक सञ्जालमा ‘अचम्म’ भन्दै स्टाटस […] ...

काठमाण्डुपाटी
विराटनगरमाथि काठमान्डुको सहज जित
OthersJust now

विराटनगरमाथि काठमान्डुको सहज जित

काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । ...

अनलाइन खबर
युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस
OthersJust now

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

सभापति गगनकुमार थापा, पदाधिकारी तथा युवा केन्द्रीय सदस्यबीच युवाको भूमिका, सामाजिक सञ्जालको उपयोग, सूचना प्रवाह र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् । ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?
OthersJust now

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन ) र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो। भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play