Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । सोमबार बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि उजुरी संकलन गर्ने प्रक्रिया जारी छ । सभापति श्रेष्ठले प्राप्त उजुरीमध्ये प्रस्तावित न्यायाधीशहरूविरुद्ध दुई–दुईवटा, दुई जनाविरुद्ध तीन–तीनवटा र एक जनाविरुद्ध एउटा उजुरी परेको जानकारी दिए । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । ‘यो न्यायधीशको सुनुवाईको प्रक्रिया अगाडि अगाडी बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईंलाई जानकारी गराऊँ’ उनले भने । गोप्य नरहेका उजुरीको अध्ययन प्रक्रिया अघि बढाइने उनले बताए । गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उनको भनाइ छ । उनले उजुरी अध्ययनको प्रक्रियाबारे थप स्पष्ट पार्दै भने, ‘हामीले जति पनि गोप्य भनिएको छैन, गोप्य नभएकोलाई हामी अध्ययन गर्छौँ । गोप्य भनेकोलाई चाहिँ यसको अर्को बैठक बसेर फेरि त्यो उजुरी हामी खोल्छौँ र अध्ययन गर्छौँ । सुनुवाइको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’ उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य
OthersJust now

२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य

आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो । ...

अनलाइन खबर
राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर
OthersJust now

राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play