काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको घोषणा गर्नुभयो । न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उनीहरूको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






