Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट
Photo / Coverage: हिमालय टाइम्स

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुई तले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएकाे छ । आगलागी हुँदा घरधनी बलको परिवार खेतमा काम गर्न गएको र घरमा कोही पनि नभएको बताइएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट नागरिकता, विवाह दर्ता, जन्म दर्ता तथा पासपोर्टलगायतका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घटना स्थल विकट चुरेक्षेत्र भएका कारण घटनाबारे इलाका प्रहरी कार्यालय कर्मैयामा सोमबार साझ जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र... ...

रातोपाटी
संघीय संसद्का चार समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९: ३० बजे बस्नेछ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे ...

कर्पोरट खबर
ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का
Latest NewsJust now

ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौँ । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement