Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा आगलागीबाट ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा आगलागीबाट ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति
Photo / Coverage: पर्दाफास

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो । चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगर, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० गणबाट प्रहरी टोली परिचालन गरिएको थियो । साथै स्थानीयवासी र पाँचकुमारी ब्यारेक नवलपुरसहित महोत्तरीको सम्सी गाउँपालिका र गौशाला नगरपालिकाबाट आएका तीनवटा दमकलको सहयोगमा आगो निभाउने कार्य गरिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति १२ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट धूप बनाउन प्रयोग हुने करिब ५६ टन काठ, जसको अनुमानित मूल्य ४५ लाख रुपैयाँ रहेको छ भने फलाम र जस्तापाताले बनेको गोदाम तथा गोदामभित्र रहेका विभिन्न कवाडका सामान गरी थप २५ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । त्यसैगरी, शनिवार राती करिब ९ः५० बजे लालबन्दी नगरपालिका–२ चालिसे टोल निवासी अम्बिका पौडेलको घरमा पनि आगलागी क्षति भएको छ । आफ्नो एकतले घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाउने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट लत्ताकपडा, अन्न लगायत विभिन्न समानजली करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीका दुवै घटनामा करिब ७१ लाख ५० हजारको समान जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
OthersJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) ...

पर्दाफास
हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी
OthersJust now

हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी

१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगलागीका क्रममा घरभित्र रहेको ग्यास समेत पड्कन जाँदा घरमा… ...

अनलाइन खबर
ट्रम्पको उत्तराधिकार बन्न खोजेका भान्स र रुबियोमाथि आफ्नै राजनीतिक छविको भार
OthersJust now

ट्रम्पको उत्तराधिकार बन्न खोजेका भान्स र रुबियोमाथि आफ्नै राजनीतिक छविको भार

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि रिपब्लिकन पार्टीको नेतृत्व र आगामी राष्ट्रपतीय निर्वाचनमा सम्भावित दाबेदारका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो यतिबेला ट्रम्प प्रशासनका निर्णयहरूको राजनीतिक मूल्य चुकाउनुपर्ने चुनौतीमा छन् । इरानसँगको युद्ध र चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग जोडिएको विवादले यी दुई नेताले वर्षौँदेखि निर्माण गरेको राजनीतिक… ...

अनलाइन खबर
हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य
OthersJust now

हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य

शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन मन्त्रीको नाममा गरिएको निर्णयमा तत्कालीन श्रमसचिव एकनारायण अर्याल आफैँले हस्ताक्षर गरेका थिए। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement