Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीबाट रौतहटतर्फ अघि बढ्यो अमरेश सिंहको हुलाकी सडक पदयात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीबाट रौतहटतर्फ अघि बढ्यो अमरेश सिंहको हुलाकी सडक पदयात्रा
Photo / Coverage: हिमालय टाइम्स

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची-महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अघि बढेको छ । महोत्तरीबाट शनिबार बिहान सर्लाही प्रवेश गर्नुभएका सांसद सिंह साँझ जिल्ला सदरमुकाम मलङ्गवा पुग्नुभएको थियो । मलङ्गवामै रात बिताएपछि उहाँले आइतबार बिहान पुनः पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गर्नुभएको हो । सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ अन्तर्गत गोडैता र बलरा भएर बागमती नदी पार गरी रौतहट प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ । जनताको आवाज सुन्ने तथा राष्ट्रिय एकता, सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको सांसद सिंहले बताउनुभएको छ । पदयात्राका क्रममा सर्लाहीमा साथ, सहयोग, समर्थन र आत्मीय स्वागत गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । यसैबीच, शनिबार साँझ मलङ्गवामा सांसद सिंहलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका चार जना रिहा भएका छन् । हिन्दु सम्राट सेनाका नेता कृष्ण यादवका अनुसार उनीहरूलाई प्रहरीले गएराति मध्यरातमा रिहा गरेको हो । सांसद सिंहले हिन्दुविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताले उहाँलाई कालो झण्डा देखाएका थिए । सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद
Latest NewsJust now

पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद

तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सिमाना झापा हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो। झापा र इलामको सिमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरि... ...

नेपालखबर
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को अवसरमा रुसी हाउस... ...

रातोपाटी
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
Latest NewsJust now

उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?

जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित व्यक्तिसँग मात्र मोबाइल फोन र कम्प्युटरको सुविधा... ...

रातोपाटी
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
Latest NewsJust now

बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित

​सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । ​प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement